सुशान्त सिंह राजपुतको आत्महत्याको केसलाई लिएर नयाँ नयाँ कुरा बाहिर आएका छन् । उनको केसमा सीबीआईले अनुसन्धान गरिरहेको छ । सुशान्तले आत्महत्या गरे पनि केहि मानिसहरुले भने हत्या भएको बताइरहेका छन् । सुशान्तका जिम पार्टनर सुनील शुक्लाले पनि रिया चक्रवर्तीको पिता र महेश भट्टमाथि सनसनीपुर्ण आरोप लगाएका छन् ।

सुनीलले सुशान्तको हत्याको षड्यन्त्र रियाको बायलजिकल पिता, जो एक डाक्टर हुन् र रियाको शुगर पिता महेश भट्टले रचेको आरोप लगाएका छन् । सुनीलको अनुसार आफ्नो पिताको सल्लाह अनुसार रियाले सुशान्तलाई औषधी दिइरहेकी थिइन् । जब उ सुशान्तको घर छाडेर गई तब पनि कोही न कोही घरमा यस्ता व्यक्ति थिए जसले सुशान्तलाई औषधी दिइरहेका थिए । सुनीलले सुशान्तको मानसिक स्वास्थ्यमा समस्या बढ्दै गएको थियो । दुवैजना प्राय जिममा वर्कआउटको क्रममा भेट हुन्थ्यौ । सुशान्तले मल्टीविटामिन सप्लिमेन्ट पनि लिएको दाबी गरेका छन् । उनले सुशान्तको मृत्यु हुँदा घरमा ती जना मानिस थिए तीनै जनाको बयान फरक फरक परेको छ । जसबाट आत्महत्या नभएर हत्या भएको साबित हुन्छ । उक्त रातमा सुशान्तको शवलाई पंखामा झुन्डाइीदएका हुन् । सीबीआईले पत्ता लागिसकेको छ छिट्टै उनीहरुले रियासँग कुरा गर्नेछन् । सीबीआईको टिम वाटरस्टोन रिर्सोटमा पनि पुगी उनको व्यवहार कस्तो थियो भनेर सोधपुछ गरिसकेको छ, जहाँ सुशान्तले २ महिना बिताएका थिए । सुशान्त पुगेका हरेक स्थानमा सीबीआईले जाँच गरिरहेको छ तुरुन्तै सत्य कुरा बाहिर आउनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!