पिसिआर परिक्षणमा अनियमितता भएको समाचारमा कुनै सत्यता नरहेको भन्दै आरती स्ट्रीप्स प्र.लि. विराटनगर र बुढीगंगा गाउँपालिकाद्वारा प्रेश विज्ञप्ती मार्फत खण्डन गरेको छ । विज्ञप्तीमा आरती स्ट्रीप्स प्र.लि. बुढीगंगा १ का २ जना कामदारमा पिसिआर टेस्ट पोजेटिभ आएको हुँदा संक्रमण गाउँ स्तरमा फैलन नदिन गाउँपालिका स्तरीय CCMC को निर्णय अनुसार उद्योगले नै PPE, VTM, सोडियम हाइपोक्लोराइड लगायत सामग्री व्यवस्थापन गरी गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा स्वाब संकलन गरी सरकारी प्रयोगशालाबाट ३०० जनाको निःशुल्क परिक्षण गराएको र बाँकी कामदारको हकमा उद्योगले नै काठमाण्डौंको प्रयोगशालाबाट शुल्क तिरेर परिक्षण गराएकोमा मजदुरहरुको पिसिआर परिक्षण वापत प्रतिव्यक्ति रु.५५००/ को दरले वाडा नं.१ का वडा अध्यक्ष मार्फत गाउँपालिकाका अध्यक्ष र वाडाअध्यक्षको मिलोमतोमा रकम असुली भएको भन्ने भ्रामक र कपोकल्पीत आधारहिन समाचार प्रति गाउँपालिका मर्माहत भएको उल्लेख छ । आरती स्ट्रीप्स प्र.लि. विराटनगर र बुढीगंगा गाउँपालिकाले उद्योगमा कार्यरत कर्मचारी, गाउँपालिका भित्रका जनता र उद्योग प्रतिष्ठानको हितमा अहोरात्र खटिने जनप्रतिनिधी तथा राष्ट्रसेवक कर्मचारीहरुको मानमर्दन तथा चरित्रहत्या गर्ने र जनमानसमा भ्रम सृजना गर्ने समाचार प्रति खेद प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!