सोमबार, भाद्र ०८, २०७७ || 495  पटक पढिएको

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि सुशान्तको पक्षमा वकालत गर्दै आएकी अभिनेत्री कंगना रनौतमाथि आरोप लागेको छ । सुशान्त सिंह राजपूतका वकील विकास सिंहले कंगनालाई बलिउड उद्योगको मात्रै समस्या बाहिर ल्याएर सुशान्तले न्याय नपाउने बताएका छन् । वकिल सिंहले कंगना सुशान्तको साथी पनि नभएको र प्रतिनिधि पनि नभएको भन्दै बलिउडको समस्या बाहिर ल्याएर आफ्नो लागि नै लडिरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘कंगनाको मुद्दा सही छ । सुशान्त पनि नेपोटिज्मको शिकार भएका थिए । तर कंगना सुशान्तकी प्रतिनिधि होइनन् जुन उनी गरिरहेकी छिन्, त्यो सबै आफ्नै लागि गरिरहेकी छिन् ।’ उनले सुशान्तको आत्महत्याको खास कारण पत्ता लगाउनुपर्ने भन्दै भन्छन्, ‘कंगना आफ्नो एजेन्डा उठाइरहेकी छिन् जुन उनको व्यक्तिगत समस्या हो । सुशान्त फिल्म उद्योगमा नेपोटिज्मको शिकार भएका थिए तर उनको घटनाको मुद्दाको प्राइमरी जाँच भने यसबाट हुन सक्दैन । महत्त्वपूर्ण कुरा के हो भने रिया चक्रवर्ती र उनको ग्याङले सुशान्तको कसरी अन्त्य गरे ?’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया