आइतबार, भाद्र ०७, २०७७ || 543  पटक पढिएको

अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

एक हप्ताभन्दा बढी समयदेखि अचेत अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले जनाएको छ ।

अस्पतालले दिएको जानकारीअनुसार ८४ वर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही अगस्टको १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो ।

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ । उनको दिमागमा समेत असर परेकाले अहिलेपनि अचेत अवस्थामै रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!