हिपमत डटकम
काठमाडौँ ,२७ पौष :क्षेत्रीय सहरी विकास कार्यक्रमले ठेक्का स्वीकृत गर्न नसक्दा सुदूरपश्चिमको अर्बौको अत्याधुनिक सडक निर्माण कार्यक्रम अलपत्र परेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालय र क्षेत्रीय सहरी विकास कार्यक्रमको ऋण दाता एसियाली विकास बैंकबीच कालोसूचीको प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का दिने प्रक्रिया अन्योलमा परेको हो ।ठेक्का लिएर वर्षौंदेखि काम नगरेको भन्दै हुलाकी सडक आयोजनाले रमण–पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभीलाई कालोसूचीमा राखेपछि सुदूरपश्चिमका चार नगरपालिकामा सडक विस्तारका योजना अगाडि बढ्ने आश गरिएको छ । यो समाचार आजको कारोबार दैनिकमा मुकेश चौधरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!