बिराटनगरमा कोरोनाको कारणले धेरै मानिसहरुले ज्यान गुमाईसकेका छन् तिन दिन अगाडी बिराटनगर महानगर पालिकाका वडा नम्वर -६ का ४५ बर्षीय पुरुषको पी सी आर परिक्षणको रिपोर्ट पोजेटिभ आयो। आफ्नो रिपोर्ट पोजेटिभ आएपछि उक्त पुरुष निकै नै आतिएको उनको निकट व्यक्तिले हिपमत डटकमलाई बताउनु भयो। रिपोर्ट पोजेटिभ आएतापनि अस्पतालहरुमा बेडको अभाव भएको कारणले ४५ बर्षीय पोजेटिभ पुरुष होम आईसोलेशनमा बस्न बाध्य भए।

होम आईसोलेशनमा बसेका पुरुषको हिजो साझामा घरमा नै मृत्यु भयो। उनि सुगर र प्रेसरका बिरामी समेत थिए। घरमै मृत्यु भएपछि उनको शव नेपालि सेनाले व्यवस्थापनका गरेको छ। सायद उक्त पुरुषलाई समयमा नै अस्पताल पुर्याएर उचित उपचार गरेको भए यस्तो हुदैन थियो होला। सम्बन्धित निकायले कोरोना संक्रमितहरुको अवस्था हेरेर उचित उपचार एवंमा कोरोना संक्रमितहरुको व्यवस्थापनमा अझ सक्रियता हुन आवस्यक छ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!