बिहिबार, भाद्र ०४, २०७७ || 1057  पटक पढिएको

भारतमा एकै दिन ६९ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।सँगै भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ । संक्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६४ जना निको भइसकेका जनाइएको छ । भाइरसका कारण भारतमा हालसम्म ५३ हजार ८ सय ६६जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले अहिलेसम्म देशभरि ३ करोड १७ लाखभन्दा बढीमा भाइरस परीक्षण गरिएको जनाएको छ । संक्रमित संख्याका आधारमा भारत हाल विश्वकै तेस्रो स्थानमा छ । पछिल्लो समय भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत राज्यमा भाइरसको संक्रमण थप तीव्र बन्दै गएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५५ लाख २९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले अमेरिकामा एक लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । दोस्रो प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३४ लाख ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ लाख ११ हजार १ सय जनाको मृत्यु भएको छ । विश्वविद्यालयका अनुसार भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २ करोड २४ लाखभन्दा बढी छ । बिहीबार बिहानसम्म कोरोनाका कारण ७ लाख ८७ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!