महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका –९ स्थित बथनाहा गाउँमा नेपाल भारत सिमानामा बग्ने टेकुना नदीमा आज बिहान बुद्धको एक मूर्ति भेटिएको छ । तराई–मधेशसहित देशभरि पितृलाई तर्पण गर्ने तथा घरघरमा कुश भित्र्याउने कुशेऔंशीका दिन आज बिहानै वनमा पुगेका बथनाहाका २२ वर्षीय डोमा सदाले नदीमा बुद्धको मूर्ति फेला पारेको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताए ।

उनका अनुसार सदाले नदी किनारमै कुश उखेलिरहेका बेला कालो कपाल देखेपछि ठूलो माछा तैरिरहेको भनी समात्न जाँदा त्यो मूर्ति पाएका थिए । धातुको पहिचान नखुलेको, सुनौलो र खैरो रङको एक÷डेढ फिट लम्बाइको ध्यान मुद्रामा रहेको मूर्ति फेला पर्नासाथ उनले आफ्नो घरमा ल्याएर ताल्चा लगाई बन्द गरेर राखेका थिए ।

त्यसपछि उनले टोलछिमेक सबैलाई जानकारी दिएपछि भारततर्फ पनि नदीमा बुद्धको मूर्ति फेला परेको कुरा पुगेको र तत्कालै भारत बिहार राज्यको सीतामढी जिल्ला (सहसराम क्याम्प) बाट सीमा सुरक्षा बल (एसएसबी) को टोली आई सदालाई आफ्नो शिविरमा समातेर लगेको वडाध्यक्ष बलिराम रायले बताए ।

घटनाबारे खबर हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि सदाको घरमा पुगेको छ । वरपर दुईचार गाउँका करीब पाँच सय व्यक्ति अहिले उनको घरमा मूर्ति हेर्न पुगेका छन् । सदालाई त्यहाँबाट ल्याउन आवश्यक पहल भइरहेको वडाध्यक्ष रायले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!