हिपमत डटकम
काठमाडौं,२६ पौष :भारतको कस्मिरमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका-५ का २६ वर्षीय राइफलम्यान अर्जुन थापा मगरको अन्त्येष्टि गरिएको छ।
‘पाकिस्तानी सेना भारतीय भूमिमा छिर्ने प्रयास गरेपछि’ भएको भिडन्तमा परेर मगरको मंगलबार राति निधन भएको थियो।

घटना सुनेपछि छोराको श व बुझ्न ७० वर्षे बाबु प्रेमबहादुर, अर्जुनकी श्रीमती सरिता थापा मगरसहित आफन्त र केही गाउँले बिहीबार पश्चिम बंगाल पुगेका थिए।

थापाको पश्चिम बंगालको बागडोगरा सैनिक क्याम्पमा शुक्रबार उच्च सैनिक सम्मानसहित अ न्त्येष्टि गरिएको छ। भारतीय सैनिकमा नेपालीको निधन हुँदा अन्तिम संस्कार पनि भारतीय भूमिमा नै गर्ने चलन छ। कस्मिरबाट भारतीय सेनाको हेलिकप्टरले थापाको श व ल्याएको थियो।

भारतीय सेनाले श वयात्रा र उच्च सैनिक सम्मानसहित सलामी दिएपछि बाबु प्रेमबहादुरले छोरा अर्जुनलाई दा’ग’बत्ती दिए। भारतीय सेनाका ब्रिगेडियर अविश यादवसहित उपस्थित सेनाले अर्जुनको श वलाई भारतीय झण्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए। अर्जुनको भारतीय भूमिका अन्त्येष्टि गरेपछि आफन्त र छिमेकी झन् पीडामा छन्।

 

छिमेकीहरू सकेसम्म आफ्नो संस्कारअनुसार अर्जुनको अन्त्येष्टि नेपाली भूमिमा गराउन चाहन्थे। छिमेकी सुजित थापा मगरले अर्जुनको मुख पनि हेर्न नपाएको बताए। भारतीय सेनाले उच्च सम्मानसहित अन्त्येष्टि गर्ने बताएको र परिवारको पनि आर्थिक अवस्था कमजोर रहेकोले श व नेपाल ल्याउन नसकिएको थापाले जानकारी दिए।

‘सकेसम्म श व यहीँ ल्याउने हाम्रो कोशिस थियो। जति खर्च लागे पनि बरू गुठीभाइले पैसा उठाएर भए पनि श व ल्याउने र दरौंदीमै अन्त्येष्टि गर्ने भनेका थियौं,’ उनले भने, ‘श व ल्याउने प्रक्रिया र खर्चले गर्दा त्यो सम्भव भएन।’ ‘अर्जुनका बुवा र श्रीमती नै कोरामा बस्नुहुन्छ,’ उनले भने, ‘१३ दिन नै संस्कार हो।’

अर्जुनको निधनपछि उनको गाउँ गोरखा रिपमा शो क छ। एक महिना छुट्टी मनाएर काममा फर्केको दुई साता नहुँदै अर्जुनको निधनको खबरले गाउँलेहरू पीडामा छन्। थापा पाँच वर्षअघि सेनामा भर्ति भएका थिए। अर्जुनको आमाको निधन भइसकेको छ।

छोराको अन्तिम संस्कार पुरा गरेर फर्केका अर्जुनका बुवाले एक अनलाइनलाई अन्तर्वार्ता दिदै आफ्नो पिडा पोखेका छन् । एक्लो छोरालाई दाहसंस्कार गरेर फर्किंदाको पिडा उनले यसरि सुनाए जुन तलको भिडियोमा हेर्नुहोला

भारतीय सेनामा गएका नेपालीको अर्को पी डा, श व पनि नेपाल ल्याउन पाइदैँन

भारतीय सेनामा भर्ती भएर विरगती प्राप्त गरेका नेपालीको लागि अर्को पी डा छ । एकातिर आफ्नो परिवार गुमाउनु परेको छ भने अर्कोतिर श व समेत नेपाल ल्याउन पाइदैन । भारतमा निधन भएका नेपालीलाई भारतीय सेनाले उनै अन्तिम संस्कार गरिदिने गरेको छ ।

 

मृ तकका परिवारलाई भारतमै बोलाएर उतै अन्तिम संस्कार गरिन्छ । गत विहिवार फेरी एक नेपालीको निधन भएपछि यो विषय फेरी उठेको छ । गत नोभेम्बर २२ तारिखमा दिल्लीमा तत्कालीन भारतीय स्थल सेनाका प्रमुख विपिन रावतसँग भेटघाट गर्दै भूतपूर्व भारतीय गोर्खाका प्रतिनिधिहरूले नेपालीको श व स्वदेश लैजान पाउनुपर्ने माग राखेका थिए ।

भिड न्त वा दुर्घ टनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको श व नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्।
हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको श व भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ। तर कतिपय मृ तक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्।

भारतले भने भिड न्तमा मा रिने हरूलाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृ तकका परिवारलाई बोलाएर अन्त्येष्टि गरिदिने गरेको हो । अन्त्यष्टिमा भारतीय झण्डा ओढाउनुपर्ने र सम्मान दिनुपर्ने भएकाले भारतमै अन्त्यष्टि गरिने गरिएको हो ।

उनीहरूका अनुसार सेनामा कार्यरत नेपाली नागरिकका परिवारले श व नेपाल ल्याउन चाहे भने चाहिँ सहज छैन। नेपालमा ल्याएर भारतीय झण्डा ओढाउँदा वि रोध हुन सक्ने भएकाले नेपाल ल्याउन कठिन भएको हो । तर कतिपयले निकै जोडबल गरेर श व नेपाल नै ल्याएको उदाहरण नभएको पनि होइन ।

सबैभन्दा ठूलो पी डा परिवारलाई हुन्छ र उसको परिवारले अन्तिम संस्कार गर्न नपाउनु भनेको निकै दु ख दायी कुरा हो। त्यसैले भूतपूर्व गोर्खा सैनिकले यो विषयलाई उठाएका छन् । केसीका अनुसार भारतीय झण्डा ओडाउने र भारतीय सेनाले सलामी दिनुपर्ने हुँदा नेपालमा गर्दा वि रोध हुनसक्ने प्रति भारतले सजिलै नेपाल ल्याउन दिँदैन ।

गत बुधवार जम्मू कश्मीरमा खटिएका भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरको दोहोरो भि डन्त मा निधन भएपछि भूतपूर्व भारतीय गोर्खाहरूले माग दोहोर्‍याएका हुन्। बुधवार मा रिएका थापामगरको पनि नेपालको पूर्वी सीमाक्षेत्र नजिकै रहेको एउटा भारतीय सेनाको शिविरमा अत्येष्टि गर्नका लागि परिवारका सदस्यहरूलाई बोलाइएको बताइएको छ। अर्जुनका बुवा बुहारीलाई लिएर त्यता गएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!