राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उनलाई निवासमै पुगी सरकारका तर्फबाट उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।
निवासबाट उनलाई पशुपति लगी अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा परिवारका सदस्य र शुभचिन्तकहरु उपस्थित थिए । १०१ वर्षीय कविको हिजो अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।
साभार: रिपोर्टस नेपाल ,तस्बिरहरुः मुकुन्द कालिकोटे