समाजवादी पार्टीको भ्रातृसंगठन समाजवादी युवासंघले युट्युब च्यानलमार्फत एक गीत सार्वजनिक गर्दै राष्ट्रिय झण्डा जलाउने समुहलाई कानूनी कारवाही गर्न माग गरेको छ । समाजवादी युवा संघका अध्यक्ष समेत रहेका प्रदेश नम्बर २ सरकारका कृषि भूमिसुधार तथा सहकारी राज्यमन्त्री योगेन्द्र राययादवले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय झण्डा जलाउने देशद्रोहीमाथि कारवाहीको माग गरेका हुन् । अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा नेपालको पहिचान,

राष्ट्रियता एकता र संवेदनशीलतामाथि प्रहार गरि जातिय सद्भावमा खलल पुर्याउने उक्त गीत भत्र्सनायोग्य भएकोले उक्त गीत प्रसारण गर्ने सबैमाथि कार्वाही हुनुपर्नेमा जोड दिइएको छ । भदौ १ गते मंगोल हब अफियिल नामक युट्युब च्यानलबाट प्रशारित र्याप गीत देशद्रोहीमा प्रयोग भएका शब्द र दृश्यप्रति गम्भिर आपत्ति भएको समेत विज्ञप्तिमार्फत जनाइएको छ । अध्यक्ष यादवले मुलुकी अपराध संहिताअनुसार राष्ट्रिय झण्डाको अपमान गर्नेलाई ३ वर्ष कैद र जरिवाना समेत लिने व्यवस्था रहेकोले तत्काल सोअनुसार कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!