खबर ठुलो छ

प्रदेश नं १ सरकारलाई चौधरी ग्रुपअन्तर्गतको सामाजिक संस्था चौधरी फाउण्डेसनले आज यहाँ पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका वरिष्ठ प्रबन्धक रामजी कटुवालले एक थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरे ।

त्यस अवसरमा मन्त्री घिमिरेले कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साधन सम्पन्न गरी लक्षण देखिएका बिरामीको उपचार गरिने तथा अन्यको स्थानीयस्तरकै आइसोलेसनमा राख्ने व्यवस्थापन मिलाइएको बताए । उनले सङ्क्रमण भएको स्थानमा लक्षित समूहको पिसीआर परीक्षण गर्नेगरी प्राथमिकता निर्धारण गरिएको उल्लेख गरे । मन्त्री घिमिरेले कोभिड–१९ नियन्त्रण सरकारबाट मात्रै सम्भव नभएकाले सबैको सहाकार्यबाट नै यसको रोकथाम गर्न सकिनेछ भने ।

चौधरी फाउण्डेसनका प्रबन्धक कट्वालले देशभरि आठ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिँदै फाउण्डेसनले आगामी दिनमा स्वास्थ्य उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने बताए ।

मंगलबार, भाद्र ०२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया