सुनसरीको इनरुवा ९ बबियाको सरस्वती माविमा अयोग्य विद्यालय व्यवस्थापन समितिका अध्यक्षको गैरकानुनी कामले विद्यालयमा तनाव उत्पन्न भएको छ । विद्यालयलाई व्यवस्थापनमा सहयोग गर्ने र शैक्षिक गुणस्तर कायम गर्ने जिम्मेबारी पाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादवले नै आफ्नो विधार्थी विद्यालयमा नियमित नपठाई आर्थिक स्वार्थपुर्तीका लागि काम गरेको र त्यसमाथि अधिकार क्षेत्र भन्दा बाहिर गएर गैरकानुनी काम गरेकाले विद्यालयमा तनाव

सता यता तनाब उत्पन्न भएको छ । विद्यालयमा आफ्नो छोराछोरी नपढाई स्वार्थ पुर्तीका लागि केही मानिसको उक्साहटमा लागेर समितिको नीति, नियम, ऐन, कानुन र निर्देशिका समेतलाई तल्यादै शिक्षकहरुलाई फोड्ने नियतले कनिष्ट शिक्षक उमेश यादवलाई प्रधानाध्यापक बनाएपछि समस्या उत्पन्न भएको हो । अध्यक्ष यादवले आफ्नो गल्ति , कम्जोरी र अनियमितताको ढाकछोप गर्नका लागि कथित सामाजिक परीक्षणको नाटक मञ्चन समेत गरेकाले विवद सतहमा आएको हो । समितिका अध्यक्ष नैतिकता र नीगितगत अनुसार अयोग्य भएको देखिन्छ । तर विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतमा नै गैरकानुनी काम गरेकाले समित भित्र समेत विवाद देखिएको छ । विद्यालयमा तनाव उत्पन्न भएपछि विद्यालयका अयोग्य नै कागजी रुपमा देखिएका सहलेखापाल रमेश चौधरीका अनुसार अधयक्षको छोराछोरीको आईएमएस प्रणालिमा नाम नरहेको देखिएको छ ।

शिक्षा विभागको २०७१ मघ ५ गतेको निर्णय अनुसार बिधालय व्यवस्थापन समितिका पदाधिकारी सम्वन्धमा विधार्थीको अभिभावकवाट छनोट भएका अविभावक कुनै पनि कारणवाट बिधालयमा नियमित रुपमा नरहेमा समितिका सदस्य वा पदाधिकारी भए सोतह पदमा नरहने भनिएको छ । निर्देशन अनुसार कुनै पनि कारणले विधार्थी बिधालयको नियमित विधार्थीको रुपमा नरहेमा त्यस्ता विधार्थीका अभिभावक नियम अनुसार बिधार्थीका नाताले विधालय व्यवस्थापन समितिको पदाधिकारी रहेको भए सोतह सौ पदमा नरहने ब्यवस्था छ । यस अनुसार २०७६ सालको शैक्षिकसत्रमा विधालयको अभिलेखमा अध्यक्ष यादवको बिधार्थी नरहेको विधालय कार्मचारीले वताएका छन । बिधालय व्यवस्थापन समितिमा प्रतिनिधित्वको लागि बिधार्थी भर्ना गर्ने तर उक्त विधार्थी विधालयको नियमित विधार्थी नरहेमा वा फर्जि विधार्थी ठहर भएमा त्यस्ता विधार्थीको अभिभावक समेत विधालय व्यवस्थापन समितिको पदाधिकारी रहन नपाउने कानुनमा रहेको छ । तर यसलाई धज्जि उडाई यादव अध्यक्षमा रहि कामकार्य गरिएको छ ।

उता विद्यालयका एक अभिभावकले अख्तियार दुरुपयोग अनुशंधान आयोग इटहरी कार्यालय सुनसरीमा समितिका अध्यक्ष यादव विरुद्ध उजुरी परेको छ । विद्यालयमा भ्रष्टाचार भएकोले छानविन गरि कार्वाही सम्बन्धमा उजुरी परेको हो । आफु एक सचेत अभिभावकको हैसिएतले सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको वडा नम्बर ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यलायमा आईसिटी शिर्षकमा ६ लाख ५० हजार रुपियाँको कामै नगरी फर्जी विलभरपाई पेश गरेर फर्छौट गरेको, विद्यालयमा नेपाल दुर संचार प्राधिकरणबाट प्राप्त भएको २४ वटा कम्प्युटरलाई देखाएर एउटै पनि सामग्री खरिद नगरी इनरुवा नगरपालिकामा नक्कली विल भरपाईको भरमा आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचार भएको र अन्य शिर्षकमा समेत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादवले भ्रष्चाचार गरेकाले जनताको आस्थाको केन्द्रको रुपमा रहेको संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुशंधान आयोग भएकाले यस आयोगको इटहरी कार्यालयमा निम्न आधार र प्रमाण पेश गर्दै भ्रष्टाचार भएको छानविन गरि कार्वाही गरि भ्रष्टाचार निवारणमा सहयोग गरि दिनुहुन अनुरोध छ । भनिएको छ । उजुरीमा गरिएको दावी अनुसार आर्थिक वर्ष ०७६।०७७ मा इनरुवा नगरपालिकाबाट ल्याएको ६ लाख ५० हजार रुपैयाको ल्यापटप, फिंग्र प्रिन्ट र आईसीटी फर्नीचर, वाईरिगंको काम र रगंरोगन रहेकोमा सबै काम नगरी फर्जी विल भरपाई बनाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्द यादवले पदको दुरुपयोग गरि भ्रष्चाचार गरेकोले सुक्ष्म अध्ययन गरि विल भरपाई जारी भएको पसल, व्यवसाय, व्यक्तिसम्मलाई समेत सोधेर अनि विद्यालयमा समेत स्थलगत रुपमा अनुशंधान र छानविन गरि कार्वाही गनुपर्ने, समितिको अध्यक्षले आफ्नो कार्यकालमा गरेको ८ वटा योजनामा करिव ९९ लाखको निर्माणको काममा समेत केही विल भरपाई र कागज समेत फर्जी बनाएको तथा इनरुवा ९ नम्बर कार्यालयको एक लाख रुपैयाको माटो पुर्ने काम समेत अधुरो गरि अख्तियारको दुरुपयोग गरेको, उतकृष्ट सिकाई उप्लब्धी भएका विद्यालयलाई सिकाई सुदृढिकण तथा विद्यालयलाई कार्यसम्पादनममा आधारित अनुदानको २००००० ।(दुई लाख रुपियाँ) समेतमा गैरकानुनि रुपमा कर्मचारीलाई तलबभत्ता खुवाई अख्तियारको दुरुपयोग गरेकोले छानविन गरी कार्वाही गर्नुपर्ने , माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन शिर्षकको ६५००००। ( छ लाख पचार हजार रुपियाँ) मा विद्यालयले खरिद तथा निर्माण प्रकृया पुरा नगरी नीति विपरित पेश्की लिएर अध्यक्ष यदुनन्दन यादवले पदमा बसेर अख्तियारको दुरुपयोग गरेकोले छानविन गरी कार्वाही गर्नुपर्ने ।

(नीतिगत व्यवस्थामा खरिद इकाई गठन गर्नुपर्ने, सोको मूल्यकन गर्नका लागि मूल्याकन समिति गठन गर्नुपर्नेमा नगरी अख्तियारको दुरुपयोग गरेको छ ) ।
उता समितिका अध्यक्ष यादवले गलत कार्य ठाकछोप गर्न गरिएको नाटकीय भेला र व्यवहार गरेको अभिभावको आरोप छ भने अध्यक्ष यादवले भने आफ्नो आयव्ययको विवरण सरोकारबालाहरुको विचमा सामाजिक परिक्षण समेत गरेको दावी गर्नुभयो । यादवले आफू योग्य अधयक्ष भएको, अनियमितता नगरेको समेत जिकिर गर्नुभएको छ ।
तर अध्यक्ष यादवले सनिबार आफ्नो फेसबुकमा पोष्ट गरेको माईनोट नै सकांस्पद रहेको फेला परेको छ । सुरुमा चार पेजको पोष्ट गरेकोमा पछि एक पेज हटाएको छ । त्यो स्कृत सर्ट भने भुकम्पले फेला पारेको छ । त्यसमा लेखिएको व्यवहोरा बारेमा सहभागीहरु नै अविज्ञयता जनाएपछि माईनोट नै सकांस्पद रहेको पाईएको छ । माईनोटको सुरुमा बैठक भनिएको छ तर दुई वर्षको विभिन्न ८ शिर्षकको आयव्यय र विचमा केही संकास्पद व्यहोराको निर्णय समेत लेखिएको छ । त्यसमा पनि सामाजिक परीक्षण भनिएको छ । जव कि सामाजिक परीक्षण एक वर्षको एक पटक हुन्छ । सामाजिक परीक्षण गर्न एक समिति गठन हुनुपर्छ, प्रधानाध्यापकले सामाजिक परीक्षणका लागि भेला बोलाउनुपर्छ , परीक्षण समितिले आयव्यय सहित सम्पूर्ण विवरण अभिभावका बीच सार्वजनिक गर्नुपर्ने हुन्छ तर अधयक्ष यादवले गैर अभिभावक कथित वुधिजुवी, नेता, राजनीतक दल र भरौटे पत्रकार समेतलाई बोलाई नाटकीय काम गरेको छ ।
अध्यक्ष यादवले प्रअ तेजनारायण यादवलाई छात्रवृति र पाठ्यपुस्तकमा अनियमितता गरेको आरोप लगाएपछि त्यसको पुष्टी भने गर्नुभएको छैन् । यही आधारमा प्रअ यादवलाई हटाई उमेश यादवलाई कटपुतली प्रअ बनाएको अभिभावको आरोप छ ।

यसैबीच प्रधानाध्यापक तेजनारायण यादवले आफू जेठ ५ गतेबाट प्रअ भएपछि शैक्षिक गुणस्तरको काममा लागेकाले विद्यार्थी नै नभएको अध्यक्ष अध्यक्षले आफूलाई वेवास्ता गरेको प्रतिकृया दिनुभयो । आफूलाई आयोग समितिले प्रअ बाट हटाएको हल्ला सुनेको तर त्यसमा विधि संगत नभएकाले आफूले सम्बन्धीत निकायमा सो जानकारी गराएको बताउउनुभयो । प्रअ यादवले आफू प्रअ भएपछि सबै शिक्षक र कर्मचारीबाटै काम भएको र पुुस्तक अनि छात्रवृतिको कुरा अफुवा मात्रै भएको प्रतिकृया दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!