मंगलबार, भाद्र ०२, २०७७ || 591  पटक पढिएको

महामारीको रुप लिई रहेको कोरोना भाइरस संक्रमणको रोकथामको लागि कास्कीमा मंगलबार राति १२ बजेदेखि भदौ ७ गतेसम्मको लागि निषेधाज्ञा जारी हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्कीमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने पुष्टि गरे ।

यसअघि पोखरा महानगरमा बसेको सर्वदलीय समितिको बैठकले निषेधाज्ञा जारी गर्न सुझाएपछि महानगरले प्रदेश सरकार कहाँ निषेधाज्ञा जारी गर्नको लागि सिफारिस पेश गरेको थियो ।

सोमबारदेखि लागू हुने गरि पोखरामा जारी हुने भनिभएको निषेधाज्ञा प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले सारेको थियो ।

बैठकले पोखरामा मात्र नभई सिंगो गण्डकीमा नै आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्न सकिने निर्णय लिएको थियो ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार निषेधाज्ञा जारी भई सकेपछि अत्यावश्यक बाहेकका काममा निस्किन मनाही गरिएको छ । निषेधाज्ञामा खाद्यान्न ढुवानी गर्ने सवारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र कुटनीतिक नियोगका अत्यावश्यक सवारी भने गुड्न पाउने छन् ।

आवश्यकताअनुसार प्रदेश नै निषेधज्ञा जारी गर्न सकिने निर्णय भए पनि औपचारिक निर्णय भने नभई सकेको प्रदेश संकट व्यवस्थापन केन्द्रका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!