हिपमत डटकम
प्रकाश पाक्साँवा
तेह्रथुम, २६ पौष:तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा रहेको छथर बचत तथा ऋण सहकारि संस्थाको तेह्रौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष धाम बहादुर कार्कीले आर्थिक बर्ष २०७५/७६ को संस्थागत प्रगति तथा कार्ययोजना प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाको अबसरमा जेष्ठ तथा इमान्दार सदस्यहरु पन्च बहादुर लिम्बु र भिम कुमारी कार्कीलाई सम्मान गरिएको छ । त्यस्तै सेयर सदस्य नर बहादुर लिम्बुलाई समबेदना पत्र र नगद प्रदान गरिएको छ । संस्थाका लेखा समिति संयोजक रामकुमार श्रेष्ठले ४ करोड २५ लाख ६३ हजार ८ सय ८७ रुपैया बारबारको लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । यसबर्ष संस्थाले १३ लाख ९ हजार ५ सय नाफा गरेको सहकारीका संस्थाका सदस्य डिकबहादुर ठकुरीले जानकारी दिनु भयो । संस्थामा ४ सय ५० जना रहेका छन । जिल्लाको पश्चिमी क्षेत्र छथर गाउँपालिकामा रहेकोे यो सहकारीमा हमरजुङ,आङ्दिम,पन्चकन्या,फाक्चामारा,ओख्रे र सुदाप लगायतका स्थानका स्थानीयहरु आबद्ध रहँदै आएका छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!