मेक्सिकोका राष्ट्रपति आन्द्रेज मेनवेल लोपेज ओबराडोरले रुसको भ्याक्सिन प्रभावकारी प्रमाणित भए आफू यो लगाउन तयार भएको बताएका छन् । यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले पनि आफूले यो भ्याक्सिन लगाउने भन्ने जानकारी दिएका थिए ।

दैनिक रुपमा आयोजना हुने पत्रकार सम्मेलनमा लोपेज ओबराडारले भ्याक्सिनबारे भने, ‘म सबैभन्दा पहिलो खोप लगाउने व्यक्तिमा समावेश हुनेछु ।’रुसले दुई महिनाको परीक्षणपछि भ्याक्सिनको उत्पादन अनुमोदन गरेको छ । यो भ्याक्सिनको पहिलो खेपको उत्पादन पनि गरिसकिएको छ ।

यद्यपि, यति कम समयमा भ्याक्सिनको उत्पादनलाई मञ्जुरी दिएकोमा अन्तर्राष्ट्रिय स्तरमा चिन्ता पनि व्यक्त गरिएको छ ।

थुप्रै वैज्ञानिकले रुसले राष्ट्रय गौरवको नाममा सुरक्षासँग सम्झौता त गरिरहेको छैन भनेर प्रश्न उठाइरहेका छन् ।

केही वैज्ञानिकले १० प्रतिशत क्लिनिकल ट्रायल मात्रै सफल भएको बताएका छन् ।

यसैबीच संसारभरीका देशमा भ्याक्सिन बनाउने दौड जारी छ ।

मेक्सिको र अर्जेन्टिनाको सरकारले औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग भ्याक्सिनको उत्पादनका लागि सम्झौता गरेको छ ।

मेक्सिकोका उप–विदेशमन्त्रीले यदि तेस्रो चरणको मानवीय परीक्षण सफल भए उनको देशलाई २० करोड डोज आवश्यकता पर्ने बताएका छन् ।

भ्याक्सिनको पहिलो खेप अर्को वर्षको अप्रिलसम्म उपलब्ध हुनसक्छ । मेक्सिकोमा हालसम्म ५ लाख २२ हजार १ सय ६२ संक्रमित भेटिएका छन् । सरकारी आँकडाका अनुसार देशमा कोरोनाका कारण ५६ हजार ५ सय ७७ को मृत्यु भएको छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!