कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा विभिन्न काममा निषेद लगाएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेश जारी गरी विभिन्न गतिविधिहरु निषेध गरेको हो ।
खुल्ला स्थानमा मानिस भेलार जम्मा हुन पाइने छैन । भीडभाड सभा र जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि बन्द गर्नुपर्नेछ ।
यो नियम साउन ३० गते राति १२ बजेबाट भदौ १५ गतेसम्म लागू हुनेछ ।