बलिउड अभिनेता सञ्जय दत्त बिरामी भएको खबर बाहिर आएपछि उनको पत्नी मान्यता दत्तले यसबारे बयान जारी गरेकी छिन् । बुधबार जारी गरिएको बयानमा सञ्जयको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

मान्यताले भनेकी छन्, ‘म सञ्जुका फ्यानहरुलाई आग्रह गर्न चाहन्छु कि कुनै अफवाह र समाचारमा विश्वास नगर्नुहोला । म चाहन्छु कि तपाईंहरु मात्र यसरी नै माया र साथ दिइराख्नुहोला । पछिल्लो कयौँ वर्षमा हाम्रो परिवारले कयौँ अप्ठ्याराहरु झेलेको छ र मलाई विश्वास छ कि यो समय पनि गुज्रने छ । सञ्जु र हाम्रो परिवार जहिले पनि योद्धा रहेको छ । भगवानले फेरि एक पटक हाम्रो सामु चुनौति खडा गरेर हाम्रो परीक्षा लिने फैसला गरेको छ ।’

‘यो समय हामीलाई तपाईंको आर्शिवाद र प्रार्थनाको आवश्यकता छ । तपाईंको मद्दतले हामी यसअघि जस्तै विजेता बनेर आउनेछौँ । यस अवसरको प्रयोग सकारात्मकता फैलाउन प्रयोग गर्नुहोला ।’

https://www.instagram.com/p/CDvzBVAnKnx/?utm_source=ig_embed

 

यसअघि सञ्जय दत्तले मंगलबार इन्सटाग्राममा एक पोष्ट सेयर गर्दै आफ्नो उपचारको लागि कामबाट ब्रेक लिने बताएका थिए । सञ्जय दत्त र उनको परिवारले उनलाई के स्वास्थ्य समस्या छ भनेर जानकारी दिएका छैनन् ।   केही दिनअघि उनलाई लीलावती अस्पतालमा भर्ती गरिएको थियो । सञ्जयले आफै ट्वीट गर्दै आफू अस्पतालमा भर्ती भएको र कोरोना परीक्षणमा नतिजा नेगेटिभ आएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!