सिरहा नगरपालिकामा निषेधाज्ञा जारि
सिरहा जिल्लाको सदरमुकाम समेत रहेको सिरहा नगरपालिकामा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण बढन थालेकोले साउन ३२ गते सम्मको लागि निषेधाज्ञा जारि गरिएको छ ।
आइतवार नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्र भीत्र साउन २५ गते राति १२ बजे देखि साउन ३२ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको नगर प्रमुख अशेश्वर प्रसाद यादबले जानकारी दिए ।
नगरपालिका क्षेत्र भित्रका हाटबजार, सभा सम्मेलन, कार्यलयहरु, वित्तिय संघ–संस्थाहरु, व्यवसाय, होटल तथा रेष्टुरेन्ट लगायतका अन्य पसल सार्वजनिक तथा निजी सवारी साधनको आवत जावत साउन ३२ गते राती १२ बजे सम्मको लागि निषेध रहने तथा एम्बुलेन्स, औषधी पसल, दुध ढुवानी गाडी, खानेपानी, फोहर मैला व्यवस्थापन जस्ता अति आवश्यक कार्य सञ्चालन रहने निर्णय गरिएको छ । यसअघि सिरहा जिल्लाको गोलबजार, लहान लगायतका नगरपालिकाहरुले समेत साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।