नेपाली सिने नगरिमा एक अर्का माथी आरोप प्रत्यारोप तथा विवादको शिलशिला चलेको धेरै भैसक्यो । एक पछि अर्को विवाद चल्दै गर्दा यतिबेला अभिनेत्री पुजा शर्मा र पत्रकार प्रकाश सुवेदी बिछ विवाद चर्किरहेको छ । तर यो विवादले भने छोटो समयमै टुंगो लाग्ने देखिएको छ । कारण सुवेदीले माफी मागेका छन् ।

कार्यक्रमको शिलशिलामा शब्द चयनमा आफु चुकेको भन्दै सञ्चारकर्मी सुवेदीले रजतपट कार्यक्रमकै फ्रेममा माफी मागेका हुन् । उनले रजतपटको आउने एपिसोडमै यो बारे बोल्ने तयारी गरेका थिए । तर, सामाजिक संजालमा चर्को बिरोध भएपछि उनले आफ्नै युट्युब च्यानल रजतपट अनलाइन टिभी बाट यसरी माफी मागेका छन् ।

उनी भन्छन् ‘कार्यक्रमको सुरुमा व्यक्त गरिएका मेरा भावनाहरु व्यक्ति विशषेप्रति लक्षित थिएन । प्रतिकात्मक रुपमा व्यक्त गरिएका विचारहरु थिए । हो, मेरो भन्ने शैली अलि फरक भयो होला, मैंले भन्न खोजको कुराको अर्थको अनर्थ लाग्न गयो होला । त्यसै क्रममा जुन दाह्रा भन्ने शब्द मेरो मुखबाट फुत्किएको छ । त्यो वास्तवमा भन्नु हुँदैन्थ्यो । गल्ती भयो, भविष्यमा शब्द चयन गर्दा अवश्य पनि ध्यान पुर्याउँनेछु’ । नायिका पूजा शर्माले भने आइतबार नै चलचित्र कलाकार संघमा सुवेदी विरुद्ध निवेदन दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!