संयुक्त राष्ट्रसंघले बेरुतमा भएको भिषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघलाई कुनै अनुरोध नआएको जनाएको छ ।गत मंगलबार भएको सो भिषण विस्फोटबाट कम्तीमा पनि १५० जनाको ज्यान गएको छ । सो घटनामा परी अरु करिब पाँच हजार जना नराम्ररी घाइते भएका छन् ।

यस घटनालाई लेबनानको इतिहासमा नै एक खतरनाक घटनाका रुपमा लिइएको छ । सो विस्फोट राजधानी बेरुतमा रहेको एक गोदाममा राखिएका रासायनिक पदार्थहरुका कारण भएको बताइएको छ । यसको थप अनुसन्धान गर्नुपर्ने बताइएको छ । त्यसैले सो अनुसन्धानका लागि आफूहरुलाई अनुरोध नआएको संयुक्त राष्ट्रसंघका एकजना सहायक प्रवक्ताले बताएका छन् । राष्ट्रसंघका सहायक प्रवक्ता फराहन हकले सो कुराको जानकारी दिएका हुन्। उनले भने– हामीलाई बेरुतमा भएको सो दुर्घटनाको बारेमा अनुसन्धान गर्न लेबनान सरकारबाट कुनै आग्रह आएको छैन ।
तर यस घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघ भने तयार रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान गर्न र आवश्यकता अनुरुप सहयोग गर्न तत्पर रहेको पनि सहायक प्रवक्ता हकले बताए । एएनआई

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!