शनिबार, साउन २४, २०७७ || 529  पटक पढिएको

गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पर्ने बेनिघाट–आरुघाट सडकखण्ड पहिराले अवरुद्ध भएको छ । आज बिहान गएको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

बेनिघाट बजारदेखि करीब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिए । “बेनिघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्”, उनले भने, “पहिरो हटाउनका लागि मेसिन खोज्ने काम भइरहेको छ ।”

पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नरहेको वडाध्यक्ष लामिछानेको भनाइ छ । “दिनभरि मेसिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्नेछ”, उनले भने, “केही दिनअघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ ।”

झण्डै ७० मिटर माथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!