शुक्रबार, पौष २५, २०७६ || 2310  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२५ पुस: दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंकवादीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । दिल्ली प्रहरीले तीनै जना आतंकवादीलाई पक्राउपछि गरी सार्वजनिक गरेको थियो ।तामिलनाडुबाट फरार आतंकवादी काठमाडौँ बाट दिल्ली जादैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौबाट मात्रै पक्राउ गरेको स्रोतले जानेको थियो ।प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा तीनै जनालाई पक्राउ भएको थियो । यसका साथै, दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार यी तीनै जना एक हिन्दु नेताको हत्यामा समेत संलग्न थिए ।२०१४ मा साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका एक हिन्दु नेता सुरेश कुमारको हत्या गरेर जेल चलान भएका तीनै आतंककारी धरौटीमा रिहा भई १२ र १३ डिसेम्बरमा भागेर नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!