शुक्रबार, पौष २५, २०७६ || 1131  पटक पढिएको

हिपमत डटकम
धनकुटा, २५ पौष :धनकुटाको चौबिसे गाउँपालिका-२ स्थित बतासे-शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे-फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ७ बजेको समयमा स्थानीय ३० बर्षिय टेक बहादुर लिम्बुलाई खोल्सीमा टाउको ढुङ्गाले ठोकिएर मृत्यु भएको अवस्थामा पैदलयात्रीले देखेपछी प्रहरीलाई खबर गरेका थिए । हिजो राती बजारबाट घर तर्फ जाने क्रममा को.२८.प.८०५२ नंबरको मोटरसाईकलमा सवार उनी सडक बाट अंदाजी २/३ मिटर तल झर्दा उनको मृत्यु भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । कानूनी प्रकृया तथा थप अनुसन्धानकोलागी ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरीको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!