बिहिबार, साउन २२, २०७७ || 1699  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका काे मुख्य बजारमा एकै घरका १४ जना लाई काेराेना पुष्टि भए पछि २० गतेदेखि लगाएकाे सिल गरिएको वडा नम्बर ७,८ र ९ साउन २५ गते सम्म थप सिल हुने भएको छ । भने बाँँकी बडा नम्बर १,२,३,४,५, र ६ का बडा हरु ३२ गतेसम्म लकडाउन गरिने निर्णय भएको छ ।

रंगेलीमा समुदाय स्तरमै कोरोना देखिए लगतै बुधबार रंगेली नगरपालिका ८ का एक ४५ वर्षिय पुरुषको कोरोना बाट मृत्यु भए पछि बिहीबार बसेकाे ccmc काे बैठक ले उक्त निर्णय गरेको हाे । मंगलबार राती देखि एक्कासी ज्वरो आएपछी बुधबार उपचारका लागी कोशी अञ्चल अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भए काे थियो । मृत्यु पछि कोरोना परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखाएको हाे । बिहीबार ccmc काे बैठकले मृतक संग कन्ट्याक रहेका हरु काे स्वाप परिक्षण गरिने निर्णय समेत गरिएको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डल ले बताए ।
यस अधि रंगेली अस्पतालका ३ जना नेपाल विधुत प्राधिकरणका ५ जना कर्मचारी सहित रंगेलीको एकै परिवारका १४ जना सहित २२ जनामा कोरोना पोजेटिभ देखा परेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!