मंगलबार, साउन २०, २०७७ || 531  पटक पढिएको

नेकपाको आन्तरिक राजनीति चुलिँदै जाँदा शीतल निवासमा दिनहुँ भेट्ने क्रम पनि बाक्लिएको छ । अधिकांशसँगको भेटमा नेकपाका दुई अध्यक्ष वीचको पछिल्लो निरन्तर भेटवार्तालाई शीतल निवासले अर्थपूर्ण ढंगले ‘मुलुक र जनताको हितमा गरिएको कार्य’ भनेको छ । जे जस्तो आरोह र अवरोह देखिएपनि नेकपामा विभाजन नआउने र वर्तमान सरकार सुरक्षित तवरले अघि बढ्ने विश्वास शीतल निवासले लिएको हालैको भेटमा जानेहरुले बताएका छन् ।

शीतल निवासको पछिल्लो धारणालाई विश्लेषण गर्दै शनिवारको भेटमा पुगेका एकजना बुध्दिजीवीले भने ‘राष्ट्रपतिको नजरमा सरकार विगतको तुलनामा निकै सुरक्षित हुँदै गएको छ ।’

उपाध्यक्ष वामदेव गौतम डेढ वर्षपछि चुनावी सरकारको प्रधानमन्त्री हुने बालुवाटारको रणनीतिलाई शीतल निवासले सकारात्मक ढंगले लिएको छ । अहिलेको माहौलमा पार्टीभित्र नेकपाका वरिष्ठ नेता माधव नेपाल पनि मिलेर बसेको भए राम्रो हुने आशय व्यक्त गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!