हिपमत डटकम
काठमाडौं ,पुस-२५ : एस वि आर म्युजिक प्रालीको प्रस्तुतीमा गायक लाल बहादुर थापा र गायिका सपना विसीको आवाजमा सजिएको राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।देश प्रतिको माया र ममतालाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विदेशीको हस्तक्षेपलाई पछाडि पार्नको लागी गीत मार्फत आग्रह गरिएको छ । अर्जुन विरही को शब्द तथा लाल थापाको लय सिर्जना गीतमा रहेको छ ।विरेन्द्र परियारको छायाँकन , प्रिन्स प्रकाश प्युठानीको सम्पादन तथा विनोद सुन्दासको निर्देशन भिडियोमा रहेको छ । ”हाम्रो नेपाल प्यारो नेपाल” गीतको भिडियोमा विनोद सुन्दास , प्रियङका नेपाली , सुरेश श्रेष्ठ , अर्जुन विरही शर्मा , अभि जंग , रिया बलामी र सौरभको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!