खबर ठुलो छ

कुटपिटपछि हत्या गरी पशुपति आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएको शवलाई प्रहरीले आर्यघाटबाटै नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–९ का ५० वर्षीय रामकृष्ण नेपालीको शव पशुपति आर्यघाटमा हतार हतार जलाउने तयारी हुँदै गर्दा नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार गत १५ गते साँझ कान्छा छोरा सन्तोष नेपालीले मादकपदार्थ सेवन गरी बाबु रामकृष्णलाई कुटपिट गरेका थिए । सो क्रममा लडेर घाइते भएका उनी १६ गते बिहानसम्म पनि बेहोस अवस्थामा रहेको देखेपछि पाटन अस्पताल पु(याइएको थियो ।

तर, रामकृष्णका जेठा छोरा नेपाली सेनामा कार्यरत रहेकाले उनकै सुझावअनुसार घाइते रामकृष्णलाई पाटन अस्पतालबाट सैनिक अस्पताल छाउनी लगिएको थियो । छाउनी अस्पतालमा नै उनको शनिबार बिहान निधन भएको थियो ।

कुटपिटपछि घाइते भएका बुबा बिहानसम्म नै बेहोस भएपछि सन्तोषले बुबा अनियन्त्रित भई लडेर घाइते भएको भन्दै आफन्तलाई खबर गरेका थिए । तर, आफन्तहरूले भने लडेर नभई गम्भीर चोट भएकाले हत्याकै नियतले आक्रमण भएको आशंका गरेर प्रहरीलाई खवर गरेपछि घटना सार्वजनिक भएको आजको राजधानी दैनिकमा खवर छ ।

सोमबार, साउन १९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया