खबर ठुलो छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ । मन्त्रालयको उक्त मापदण्डलाई जनस्वास्थ्यविद्हरुले सकारात्मक भनेका छन् ।

नयाँ मापदण्डअनुसार अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिनेछ । संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्ट लाइनमा काम गर्नेहरुका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पीसीआर टेष्ट गरिनेछ ।

परिर्वतित मापदण्डअनुसार ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्थाका तथा झाडापखालाका बिरामीको पनि परीक्षण गरिने छ । सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका, स्थल तथा हवाई मार्ग हुँदै विदेशबाट आएका सबैलाई क्वारेन्टिन राखिएको पाँच देखि सात दिनभित्र परीक्षण गरनेछ ।

यस्तै फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारीहरू र विगत १४ दिनमा कोरोना सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरूको पनि अनिवार्य कोरोना परीक्षण गरिने परिर्वतीत मापदण्डमा उल्लेख छ । यसैगरी आइसियुमा रहेका सबै बिरामीहरू, दीर्घरोगीहरू (विशेषतः ६० वर्ष उमेर पार गरेकाहरू)को पनि परीक्षण अनिवार्य गरिएको छ ।

चिकित्सकीय मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका संक्रमितको डिस्चार्जका लागि, तर लक्षणहीन तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न (कम्तीमा तीन दिन लक्षणहीन रहेको अवस्थामा) परीक्षण नतिजा नचाहिने परिर्वतीत मापदण्डमा उल्लेख छ ।रेडियो एनआरएन

आइतबार, साउन १८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया