आइतबार, साउन १८, २०७७ || 722  पटक पढिएको

सिद्धार्थ राजमार्गको बुटवल तानसेन–सडक ठाउँठाउँमा भास्सिँदा ठुला सवारी साधन अलपत्र परेका छन् । पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले विभिन्न स्थानमा सडक भासिएपछि साना सवारी साधन एकतर्फी आवतजावत गर्न दिएपनि ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको जानकारी दिए ।

डीएसपी गिरीकाअनुसार दोभान बजारदेखि ५ सय मिटर नजिकै झण्डै ३ मिटर पक्की सडकको जग नै भासिएको छ । त्यस्तै झुम्सा, चौबिस माइल, नाग मन्दिर, भुतखोला पैठेडाँडामा पनि सडक चिराचिरा परेर भासिएको छ । बुटवलतर्फ आवतजावत गर्ने कास्की, म्याग्दी, बाग्लुङ्ग , स्याङ्गजा, गुल्मी र पाल्पाका ठूला सवारी साधन बीचबाटोमै अलपत्र परेका छन् । गाउँ नै जोखिमा पर्ने गरि सडक भासिएपछि स्थानीयवासी त्रसित र चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!