विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई कोरोना पोजेटिभदेखिएपछि
हस्पिटलको ईमेजेन्सी कक्ष सिल गरिएको छ। अस्पतालको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना देखिएको ह। हिपमत डटकमलाई यो खबरको जानकारी आज बिहानै आएको थियो खबर आउनासाथ हिपमत न्युज डेक्स सक्रियताको साथमा यो खबरको पुष्टि गर्न बिहानैदेखि खोजतलास जारि राखेको थियो। हामीले जुन खबरको सत्यता खोजिरहेका थियौ साझामा उक्त समाचार सत्य निक्लियो।

कोरोना पोजेटिभ देखिएको कर्मचारी एक बर्षदेखि न्युरो अस्पतामा कार्यरत छन् भने उनि बिराटनगर कै विराट नर्सिङमा समेत कार्यरत थिए । केहिदिन अगाडी विराट नर्सिङका डाक्टर तथा नर्समा कोरोना पोजेटिभ देखिएपछि हस्पिटलका अन्य चिकित्सकहरुको पीसीआर चेकजाँच गर्दा शुक्रबार उनको पनि रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई तत्काल धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!