प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा शुक्रबार कोरोना पुष्टि भएको छ । यो संगै प्रधान कार्यालयमा कोरोनाभाइरस संक्रमित हुने प्रहरीको संख्या ७२ पुगेको छ। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले शुक्रबार थप भएका कोरोना संक्रमितको खवर पुष्टि गरेका छन् । संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालका भर्ना गरिएको छ । अहिलेसम्म प्रहरी प्रधान कार्यालयमा कोरोना भेटिनेहरुमा अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरु छन्। प्रवक्ताका अनुसार देशभर कोरोना संक्रमित हुने प्रहरीको संख्या दुई सय ५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!