खबर ठुलो छ

हिपमत डटकम
काठमाडौँ,पौष २४ : गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ गीत “मलाई हैन तिमीलाई सुखी”को म्युजिक भिडियो बुढा सुब्बा डिजिटल मार्फत सार्बजनिक भएको छ । पुष्प अन्जान र पृथिबी पुत्रको शब्द तथा गायक संगीतकार कृष्ण भण्डारीको आफ्नै संगीत रहेको गितको भिडियोलाई आवेश बज्राचार्यले छायांकन गरेका छन् भने निर्देशक प्रहिल कार्कीले आकर्षक ढंगले निर्देशन गरेका छन् ।

माया प्रेम तथा धोकाको संयोजनमा तयार पारिएको म्युजिक भिडियोमा मोडल सुजना बर्देवा, मोडल रमेश लुईटेल र मोडल सुनिल श्रेष्ठलाइ फिचर्ड गरिएको छ । अन्जिता कंडेलको कोरियोग्राफी तथा कथा रहेको भिडियोमा राज पाण्डेको मेकअप रहेको छ । भजन सम्राटको रुपमा प्रख्यात गायक कृष्ण भण्डारीको दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा सार्बजनिक भईसकेको छ । म्युजिक भिडियोलाइ निर्माता हेमन्त भट्टराईले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया