बुधबार, साउन १४, २०७७ || 843  पटक पढिएको

भारतीय प्रधानमन्त्री नरेन्द मोदीले राफेल युद्धक विमानको स्वागत गरेका छन् । फ्रान्समा निर्मित युद्धक विमानको पहिलो लटको पाँच विमानलाई उनले भारतीय एयर फोर्सको केन्द्रीय कार्यालयमा अम्बाला पुगी स्वागत गरेका हुन् । पाँचवटा राफेल विमानलाई भारत प्रवेशसँगै दुईवटा सुखोई-३० एमकेआइ युद्धक विमानले विशेष सुरक्षा दिएका थिए । विमान सोमबार फ्रान्सबाट प्रस्थान गरेको थियो । भारतले सन् २०१६ मा फ्रान्ससँग ३६ वटा राफेल युद्धक विमान खरिद सम्झौता गरेको थियो । दुईवटा इन्जिन जडित विमान ५ खर्ब ८० अर्ब भारतीय रुपैयाँमा खरिद सम्झौता गरेको थियो । भारतमा उत्रिएको राफेल विमान आकाशमै तेल भर्ने क्षमता राख्छ । फ्रान्सबाट भारत आउँदै गर्दा पाँचवटै राफेल युद्धक विमानमा आकाशमै तेल भरिएको भारतीय सञ्चारमाध्यमले तस्बिरसहित सार्वजनिक गरेका छन् । फ्रान्सेली तेल भरिएको ट्यांकर जडित विमानले ३० हजार फिट उचाईमा राफेल युद्धक विमानलाई तेल भरिदिएको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!