बुधबार, साउन १४, २०७७ || 2274  पटक पढिएको

नेपाली सिने जगतमा हरेक दिन नयाँ अनुहारको आगमन हुन्छ कसैले आकाश चुम्छ त कसैले निराशा हात पार्छ। कोहि बर्षौसम्म जम्छ त कोहि पलायन भएर जान्छ। नयाँ पुस्तामा अहिले धेरै नै कलाकारितामा जम्ने मोह देखिन्छ। आज भोलि दैनिकी नै सयौको संख्यामा नयाँ कलाकारहरुको प्रवेश हुन्छ। पछिल्लो समय झापा जिल्ला चन्द्रगढीबाट राजबंशी समुदायकी प्रतिभा राजबंशी नेपाली सिने जगतमा आफ्नो सानो सानो पाईला चाली रहेकी छिन्। प्रतिभा बिगत ३ बर्षदेखी यस क्षेत्रमा संघर्ष गरिरहेकी छिन्। उनले ३ बर्ष अधि पहिलो पटक स्थानीय राजबंशी भाषाम निर्मित एक कहानी नामक चलचित्रमा नायिकाको रुपमा डेब्यु गरेकी थिन् । उनले यो चलचित्रबाट निकै नै राम्रो प्रतिक्रिया पाएकी थिन। उक्त चलचित्रपछी उनलाई धेरै नै अफरहरु आएको प्रतिभाले हिपमत डटकम संगको कुराकानीमा बताईं ।


प्रतिभा अहिले झापाबाट नै निर्माण हुदै गरेको हास्य टेली श्रंखला पुन्टे साहमा समेत अभिनय गरिरहेकी छन्। उनले यो श्रंखलाबाट पनि राम्रो चर्चा बटुलेकी छन्। अहिले प्रतिभा आलाकेरा छुवा नामक राजबंशी चलचित्रमा समेत आवद्द भएकी छिन् उनको क्रमस म्युजिक भिडियोहरु समेत बजारमा आउने तयारीमा रहेको छ। राजबंशी समुदायमा प्राय छोरी चेलीहरुलाई फिल्म लाईनमा काम गर्न निकै नै समस्या हुन्छ र घरबाट पनि राम्रो सहयोग मिल्दैन तर प्रतिभाको घर परिवारबाट राम्रो सहयोग र हौसला पाएको उनले अनुभूति गरेकी छिन्।

सुरु सुरुमा मलाई फिल्म लाइनमा काम गर्न गर्न निकै नै समस्या भयो तर पछी काम बुझ्दै जादा मान्छेहरु चिन्दै जादा अहिले धेरै नै सहज भएको छ। फिल्म लाईनमा राम्रो र नराम्रो दुवै प्रकारको मानिसहरु भेटिनछ आफुमा भर पर्ने कुरा हो कसको संगत गर्ने भनेर सबै मानिस यहा नराम्रो हुदैन कोहि कोहि धेरै नै राम्रो मानिसहरु पनि मैले पाएको छु जसले हौसला प्रदान गर्नु हुन्छ र आफुले जानेको अनुभव हामीलाई सेयर गर्नु हुन्छ। सानो उमेरमा मलाई एउटा कुशल शिक्षक बन्ने सपना थियो तर उक्त सपनालाई मैले अभिनय बाट नै पुरा गर्दै छु प्रतिभाले हास्दै भनिन् । नेपाली कला जगतमा एउटा स्थापित नाम बन्ने मेरो अन्तिम सपना हो। यसकोलागी मा कडा मिहनेत समेत गर्दै छु । मैले अहिलेसम्म कहिले पनि अभिनय सिकेको छैन तर मलाई लाग्छ अभिनय सिक्न आवस्यक छ। अहिले म आफ्नो अभिनयमा समेत आन्तरिक मिहनेत गर्दै छु।

२५ बर्षीय प्रतिभा अहिले कोहि स्नागा पनि प्रेम मा नरहेको बताईंन। धेरै जनाले प्रपोज गर्नु हुन्छ तर अहिले मेरो प्रेम गर्ने बेला होइन् अहिले मेरो भबिष्य बनाउने समय हो। अहिले काम गर्ने समय हो। २५ बर्ष पुगेपछी राम्रो केटाको प्रश्ताव भायो भने सिधै बिहे गर्ने छु उनले मुस्कुराउदै भनिन्। मलाई अहिले सम्म माया गर्नु हुने मेरो सम्पूर्ण दर्शक शुभचिन्तकहरुलाई नमन गर्न चाहन्छु तपाईहरुकै माया ममताले हामी कलाकारको हौसला बढ्छ। मैले गरेको कामहरुमा यसरि नै आगामी दिनहरुमा पनि तपाईहरुको स्वास्थ्य सल्लाह सुझाब दिनु होला यसरि नै माया गरिरहनु होला अन्त्यमा मेरो मनको भावना राख्ने अवसर दिनुहुने पत्रकार मित्र बीरेन्द्रकुमार साह तथा हिपमत डटकम परिवारलाई नै म हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!