बिहिबार, पौष २४, २०७६ || 1043  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस-२४: तपाईं कपाल वर्षभरिमा कतिपटक काटनु हुन्छ ? तपाईं–हामीमध्ये प्रायःधरै महिना–दुई महिनामा कपाल काट्छौं होला । तपाईं– हामीले याद गरेको पनि होला–तालु खुइले बन्दै गईरहेको वइक्तिमा कपाल त्यति चाँडो बढ्दैन । तर युवाहरुमा चाहिँ कपाल अति चाडो बढ्छ ।

वास्तवमा, हाम्रो कपाल कति चाँडो बढ्छ ? र, हाम्रो कपाल कति समयमा कति मात्रामा बढ्छ होला ?

मान्छेको कपाल बढ्ने सही दर के हो भन्ने कुरा पत्ता लागिसकेको छ । यसअनुसार, के फेला परेको छ भने, एक महिनामा मान्छेको कपाल १२ मिलिमिटर (१.२ सेन्टीमिटर) को दरले बढ्छ । र, यो कपाल बढ्ने काम दिनहुँ भइरहेको हुन्छ ।

यसरी कपाल दिनहुँ बढे तापनि दिनको फरक समय कपाल बढ्ने दर पनि फरक फरक हुन्छ । अर्थात यो एकै मात्रामा बढ्दैन । यो क्रिया एक किसिमको लयात्मक तरिकामा सम्पन्न भइरहेको हुन्छ ।

रातको समयमा कपाल विस्तारै बढ्छ । र, दिन शुरु भएपछि कपाल बढ्ने प्रक्रियामा गति आउछ । बिहान १०–११ बजे यो दर सबै भन्दा बेसी रहन्छ । अर्थात दिन, रातबीचको त्यो समयमा चाहिँ हाम्रो कपाल सबैभन्दा बेसी बढ्छ । त्यस पछि कपाल बढ्ने गतिमा कमी आउछ । फेरि बेलुकी ४ देखि ६ बजेसम्ममा त्यो क्रियामा गति आउँछ । त्यस पछि फिर कपाल विस्तारै बढ्छ ।

यसरी एकैदिनमा कपाल बढ्ने गति पनि फरक–फरक हुन्छ । एक निश्चित समयमा यो तीब्र रुपमा बढ्छ भने अन्य समयमा विस्तारै बढ्छ । तर त्यो तीब्र रुपमा कपाल बढ्ने समयमा (जस्तो बिहान १०–११ बजे) पनि हाम्रो आँखाले कपाल बढिरहेको देख्न भने सक्दैन । त्यो कपाल बढ्ने क्रिया अति सुक्ष्म रुपम सम्पन्न भइरहेको हुन्छ र त्यसलाई हाम्रो आँखाले ठम्याउनै सक्दैन ।

हाम्रो शरीरमा बढ्ने कपाल छुट्टाछुट्टै नबढेर एउटै धागोको रुपमा बढ्ने हो भने, हाम्रो शरीरमा बढ्ने कपालको जम्मा पवरिमाणबारे थाहा पाउन सजिलो हुनेथियो । यो अवस्थामा कपाल प्रति मिनेट ३ सेन्टिमिटरको दरले बढ्ने छ र एक वर्षमा हाम्रो कपाल ५९ मिलोमिटर हुनेछ ।

फेरी सबै मान्छेमा उतिकै परिणाममा कपाल हुँदैन । कालो मान्छेमा भन्दा गहुँगोरो वा गोरो मान्छेमा कपाल बेसी हुन्छ । रातो कपाल भएको मान्छेमा कम कपाल हुन्छ ।

Title Photo: https://hips.hearst

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!