नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले जोससँग सम्बन्ध छ भन्दै सामाजिक संजालमा पोष्ट गरेको स्टाटसमा नेपाली चलचित्र क्षेत्रको विकासका लागि सबै निर्माता पक्षपातपूर्ण व्यवहार र गुटबन्दीबाट बाहिर निस्किनु पर्छ भने सँगै वहस, विवाद हुँदै अदालतसम्म मुद्दा पुगेको छ । यसैबीच अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफुले व्यक्तिको नभई प्रवृतिको कुरा गर्दा यो विषयलाई अदालतसम्म पुर्याईनु दुःखद भएको बताएकी छन् ।

एक टेलिभिजन अन्तरबार्तामा नायिका शाहले आफु चलचित्र क्षेत्र भित्रको वेथिति विरुद्ध डटेर लड्ने समेत बताईन् । गम्भीर मुद्रामा शाहले सम्मानित अदालतबाट सत्यको पक्षमा फैसला हुनेमा विश्वास समेत व्यक्त गरिन । शाहले नेपाली चलचित्रको विकासका लागि निर्माताहरुले नव–कलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दीईन । यसो गर्न नसके चलचित्र क्षेत्रमा पढेलेखेका र योग्य कलाकारको खडेरी हुने उनको प्रष्टिकरण थियो ।भूवन केसीकै कारणले ‘ड्रिम्स’बाट स्टार भएको मान्छेले अहिले उहाँलाई आ रोप किन लगाउनु भयो ? भन्ने प्रश्नमा शाहले ‘यो विषयमा नबोली बस्नै सकिन । सुरुमा करियरको डरले बोल्न सकिन, अहिले बोले अन्याय सहन सकिन ।’ शाहले भनिन् पिता समान भुवन केसीले बारम्बार आफ्नो नजिकको मान्छे लगाएर आफ्नो र परिवारको बारेमा नचाहिने आ रोप लगाउने र खुल्लाम खुल्ला त्यो कुरालाई सामाजिक सञ्जालमा शेयर गर्ने गरेको भन्दै दुःख व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!