बलिउड सुपर स्टार अमिताभ बच्चन कोविड–१९ संक्रमित भएकोले २ हप्तादेखि अस्पतालमा उपचार चलिरहेको छ र आइशोलेसनमा बसेका छन् । २ हप्तासम्म आइशोलेशनमा एक्लै बस्दा सुपरस्टार अमिताभले मानसिक स्थितिमा परेको असर र भोगाइको बारेमा अनुभव एक ब्लग मार्फत सेयर गरेका छन् ।

उनले लेखेका छन, ‘कोविडले मानिसहरुको मानसिक स्वास्थ्यमा धेरै असर पाछ ।’ उनी हाल अस्पतालको आइशोलेशनमो छन् र केहि हप्तासम्म कसैलाई पनि भेट्न दिइएन । उनले आफुलाई जाँच्ने डाक्टर पनि नजिक नआएको र भिडीयो च्याटबाट कुरा गरेको बताएका छन् । यदि कोही आएमा पिपिइ लगाएर आउने र त्यहि पनि कयौ दिन त मानिसहरु कसैलाई आउन नदिएको पनि पिडा पोखेका छन् । हाल उनले यो सबै गर्नु धेरै आवश्यक भएको समेत उल्लेख गरेका छन् ।

अमिताभले आफ्नो अनुभव सेयर गर्दै भनेका छन्, रिमोटबाट उपचार भएको, जहाँ डाक्टर धेरै कम परिस्थितीमा मात्र नजिक आएका थिए । सुपरस्टारले यसको असर मानसिक स्थितीमा पर्ने भन्दै साइकोलोजीस्टले पनि यस कुरामा सहमत भएको जनाएका छन् । अमिताभले उपचारपछि बाहिर निस्कदा मानसिक स्थिती फरक हुने, मानिसहरुबीचमा जाँदा डराउने र कसैले त फरक व्यवहार गर्ने पनि लेखेका छन् ।

अमिताभ बच्चन ११ जुलाईमा अस्पताल भर्ना भएका हुन् र अहिले सम्म पनि अस्पतालमै छन् । अहिले उनको साथमा अभिषेक बच्चन, ऐश्वर्या र आराध्या पनि अस्पतालमै छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!