हिपमत डटकम
काठमाडौं,पुस-२४:भएका कर्मचारीलाई काम दिनुको साटो जनक शिक्षा सामग्री संस्था लिमिटेडले ठेकेदार खोजेर छपाईको काम सुम्पिने गरेको छ र तीन वर्षअघि प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएका महेशप्रसाद तिमिल्सिनाले छपाइका कर्मचारीले ‘काम गर्न नसकेको र कार्यालय घाटामा गएको’ जनाउँदै ठेक्कामा काम दिन थालेका हुन् ।अघिल्ला प्रबन्ध सञ्चालकले सरकारले मेसिन किन्न बजेट उपलब्ध नगराएका कारण मेसिन नै ठेक्कामा लिएर केन्द्रमै छपाइको काम गरेका थिए । हाल आवश्यक पर्ने सम्पूर्ण मेसिन उपलब्ध हुँदाहुँदै कर्मचारीलाई काम नदिई ठेकेदारलाई दिने गरिएको छ ।केन्द्रले बोर्डको निर्णय भन्दै हचुवाको भरमा टेन्डरमार्फत ठेक्का दिएपछि कर्मचारी चरम मारमा परेका छन् । ‘ठेक्का दिएर समयमै किताब पु¥याउने दाबी गरेको जनक शिक्षाले यो वर्ष समयमा काम सक्ने सम्भावना भने छैन’ एक पुराना कर्मचारीले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!