शनिबार, साउन १०, २०७७ || 849  पटक पढिएको

सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ । वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय, उनका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए । वडाध्यक्ष महतोलाई बिहीबार साँझ गाउँमै एक समूहले कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटबाट वडाध्यक्ष महतोको हात, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल लगिएको पीडितका परिवारजनले बताएका छन् । कुटपिटमा संलग्न लालबाबु र शैलेन्द्रलाई घटना भएकै दिन पक्राउ गरेको र प्रमुख प्रशासकीय अधिकृत यादवलाई सोधपुछका लागि भन्दै शुक्रबार पक्राउ गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताए । केहीदिन पहिले गाउँमा लागेको धार्मिक मेला घुम्ने क्रममा वडाध्यक्ष महतो नजिककी आफ्नै नातेदार एक युवतीलाई प्रमुख प्रशासकीय अधिकृत राय निकटका केही युवाले जिस्काएको निहुँमा उनीहरु बीच विवाद हुँदै आएको र सोही विषयलाई लिएर वडाध्यक्ष महतोमाथि कुटपिट भएको हुनसक्ने स्थानीयवासीले आशङ्का गरेका छन् । वडाध्यक्षका परिवारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत यादवसहित अन्य चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!