बुधबार, साउन ०७, २०७७ || 1047  पटक पढिएको

कोरोनाभाइरसको कहरका कारण सरकारले ४ महिना अगाडि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) बुधबारबाट अन्त्य भएको छ । सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् । लकडाउनको अत्यसँगै सरकारले धेरै क्षेत्र खुला गरेको छ । त्यसमा चलचित्र क्षेत्र भने परेको छैन । चलचित्रकर्मीहरु भने चलचित्र क्षेत्र पनि खोलिनु पर्ने माग राख्दै आएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अब चलचित्र क्षेत्र पनि खुल्ने बताएका छन् ।  ‘धेरै क्षेत्र खुलेका छन् । अब चलचित्र क्षेत्र पनि खुल्छन्, ढुक्क हुनुहोस्’ अध्यक्ष दाहाले भने ‘त्यसका लागि अगाडिदेखि नै पहल भएको छ ।’ चलचित्र क्षेत्र खुल्न अब धेरै समय नलाग्ने बताएका दाहालले चलचित्र घर प्रत्यक्ष भीडभाड हुने क्षेत्र भएकोले पनि सरकारले केही ढिलो खोल्न लागेको जानकारी दिए । लकडाउन खुले पनि चलचित्र क्षेत्र मात्र होइन शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, लगायत प्रत्यक्ष भीडभाड देखिने क्षेत्र भने अझै खुल्न बाँकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!