मंगलबार, साउन ०६, २०७७ || 682  पटक पढिएको

‘सबैले भनिरहेका छन् कि दर्शकले सिनेमालाई मिस गरे, तर हामीले पनि दर्शकलाई उत्तिकै मिस गर्यौँ,’ सांघाईस्थित तियानसान सिनेमा घरमा कार्यरत शी यिजिङ भन्छिन् । १७८ दिन बन्द भएपछि सिनेमाघर खुल्दा उनको मुहारमा खुसी प्रष्ट देख्न सकिन्थ्यो । कोरोनाभाइरसको संक्रमणको अवस्थामा सुधार भएसँगै कम जोखिम भएका स्थानमा सिनेमा घरहरुलाई सुरक्षात्मक उपायसहित जुलाई २० बाट सञ्चान गर्ने चाइना फिल्म एडमिनिस्ट्रेसनले गत जुलाई १६ मा घोषणा गरेको थियो ।

सिनेमा घर खुला गर्ने निर्णयलाई चिनियाँ चलचित्र पारखीहरुले स्वागत गरेका छन् । #CinemasReopen चिनियाँ सामाजिक सञ्जाल वेइबोमा ४० करोडपटक हेरिएको छ । चिनियाँ नायिका याओ चेनले वेइबोमा खुसी व्यक्त गर्दै भनिन्, ‘चलचित्रको दुनियाँमा फेरि स्वागत छ !’

‘मानिसहरु अपेक्षा गरेभन्दा उत्साहित रहेको पाइयो । बिक्री खुला भएको केही समयमा नै टिकटहरु बिक्री भए,’ शीले भनिन् । सिनेमा खुलेको पहिलो दिनमा नै ८ हजार ६ सय बढी स्क्रिनमा १ लाख ३८ हजार बढी टिकट बिक्री भए भने बक्स अफिसमा ३५ लाख युआन संकलन भयो ।

महामारी नियन्त्रण र रोकथाम गर्ने चुनौतिका कारण सिनेमाघरका कर्मचारी थप व्यस्त बनेका छन् । किनभने उनीहरुले नियमितरुपमा सरसफाइको काम गर्नुपर्छ । सीएफएले जारी गरेको निर्देशिकाअनुसार लबी, स्क्रिनरुम, ट्वाइलेट र हललाई कम्तिमा दिनको दुईपटक डिसइन्फेक्ट गरिनुपर्छ भने दर्शक प्रत्यक्ष सम्पर्कमा आउने कुर्सी, थ्रिडी चस्मा लगायतलाई हरेक स्क्रिनिङपछि डिसइन्फेक्ट गरिनुपर्छ ।प्रत्येक हलले पहिलेभन्दा आधा शोहरु मात्र सञ्चालन गर्न पाउनेछन् भने हरेक शो दुई घण्टाभन्दा लामो हुन पाउनेछैन । त्यस्तै, हरेक शोमा ३० प्रतिशतभन्दा बढी दर्शक राख्न पाइनेछैन ।

हरेक दर्शकले अनलाइन माध्यमबाट टिकट खरिद गर्नुपर्नेछ जसमा उनीहरुले आफ्नो वास्तविक नाम प्रयोग गर्नुपर्नेछ । हल प्रवेशअघि उनीहरुले तापक्रम जाँच गर्नुपर्छ र आफ्नो हेल्थ कोड देखाएर व्यक्तिगत विवरण दर्ता गर्नुपर्छ । एक अर्कालाई नचिन्नेहरुलाई १ मिटरभन्दा टाढाको सिटमा राखिनुपर्नेछ । त्यस्तै, खानेकुरा पनि बेच्न पाइनेछैन भने हलमा खानेकुरा खान पनि प्रतिबन्ध गरिएको छ ।

सोमबार रिलिज गरिएका चलचित्रमा अधिकांश पुराना र आर्ट विधाका चलचित्रहरु थिए । जसमा चिनियाँ क्लासिक ‘द वान्डरिङ अर्थ’, हलिउडको चलचित्र ‘द पर्सुट अफ ह्यापिनेस’ र ‘कोको’ समावेश थिए ।

दर्शक तान्नका लागि केही सिनेमा घरहरुले विशेष अफरहरु पनि ल्याएका थिए । व्यवसाय पुनः सञ्चालनको खुसीसँगै दबाब पनि उत्तिकै छ । किनभने दर्शक सिमित छन् र धेरै दर्शकहरुमा सुरक्षाको सचेतनाको कमी रहेको छ ।

विश्लेषकहरुले सिनेमा घर खुल्नुलाई चलचित्र उद्योगका लागि खुसीको खबर भएको बताइरहेका छन् । पहिलो दिनको व्यवसायले महामारीका कारण दर्शकमा चलचित्रको माया कम नभएको देखिएकोमा उनीहरु उत्साहित छन् । महामारीको अवस्थामा सुधार आएसँगै अन्य क्षेत्रमा पनि बिस्तारै सिनेमा घरहरु खुल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!