मंगलबार, साउन ०६, २०७७ || 857  पटक पढिएको

क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको दुई गोल मद्दतमा लिग लिडर युभेन्टसले इटालियन सिरी एमा लाजियोलाई २-१ ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ । रोनाल्डोले ३ मिनेट अन्तरमा दुई गोल गरेका थिए । लाजियोको लागि सिरो इम्मोबाइलले एक गोल फर्काए । लिगमा अब ४ चरणको खेल बाँकी रहँदा युभेन्ट्सले दोस्रो स्थानको इन्टरसँग ८ अंकको अग्रता बनाएको छ । युभेन्ट्सको घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलको ५१औं मिनेट रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । लाजियोका बास्टोसले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो जसमा रोनाल्डोले गोल गरे । ५४औं मिनेटमा पाउलो डिबलाको पासमा रोनाल्डोले व्यक्ति दोस्रो गोल गर्दा युभेन्ट्सले अग्रता दोब्बर बनायो । ८३औं मिनेटमा इम्मोबाइलले लाजियोको लागि पेनाल्टीमा सान्त्वना गोल फर्काए । युभेन्ट्सका लियोनार्दो बोनुचीले इम्मोबाइललाई फाउल गरेपछि लाजियोले पेनाल्टी पाएको थियो । जितपछि ३४ खेलबाट युभेन्ट्सले ८० अंक जोडेको छ । समान खेलबाट इन्टरको ७२ अंक छ । लाजियो भने ६९ अंकसहित चौथो स्थानमा छ । अब ४ खेल बाँकी हँदा युभेन्ट्सलाई उपाधि जित्न दुई जित आवश्यक छ ।

रोनाल्डोको कीर्तिमान

लाजियोविरुद्ध २ गोल गरेपछि रोनाल्डो युरोपको तीन ठूला लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले प्रिमियर लिग, ला लिगा र सिरी ए मा ५० गोल पूरा गरेका हुन् । रोनाल्डो र इम्मोबाइल यस सिजन सर्वाधिक गोल गर्ने दौडमा अघि छन् । दुवै खेलाडीले समान ३० गोल गरेका छन् । रोनाल्डो २००७-०८ पछि गोल्डेन बुट जित्ने पहिलो युभेन्ट्सका खेलाडी हुने लक्ष्यमा छन् । पछिल्लो पटक युभेन्ट्सका अलेसान्द्रो डेल पिएले उक्त अवार्ड जितेका थिए । रोनाल्डोले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडका लागि १९६ खेल खेल्दै ८४ गोल गरेका थिए । यस्तै ला लिगामा रियल मड्रिडका लागि २९२ खेलमा ३११ गोल गरे । सिरी ए मा ६१ खेलमा ५१ गोल गरिसकेका छन् । रोनाल्डो सिरी ए मा ५० छिटो ५० गोल गर्ने खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!