मंगलबार, साउन ०६, २०७७ || 853  पटक पढिएको

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका छैनन् । सोमबार यातायात व्यवस्था विभागसँग छलफल गरी थप मागमा सहमति गरेका छन् तर कहिलेदेखि यातायात सञ्चालन गर्ने भन्ने कुराको कुनै निश्चित समय तोकिएको छैन ।

लामो र मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको छ । महासङ्घ र विभागबीच सोमबार भएको छलफमा लामो तथा मध्यम दूरी खुलाउन उच्चस्तरीय समितिलाई निर्णय गर्न विभागले तत्काल सिफारिस गर्ने सहमति भएको छ । यातायात मजदुरको एक लाखको कोरोना बीमामा सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५ प्रतिशत अनुदान गर्ने सहमति भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले जानकारी दिनुभयो ।

कोरोनाका कारण यातायात क्षेत्रमा कुनै पनि किसिमको मानवीय दुर्घटना भएमा क्षतिपूर्तिका लागि कोष स्थापना गर्न सम्बन्धित मन्त्रालयलाई विभागले पहल गर्ने भएको छ । यातायात मजदुरलाई आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले नै गर्ने तर यात्रुको स्वयंले व्यवस्था गर्नुपर्ने सहमति भएको छ । उपत्यकाका बस स्टेसनमा स्वचालित सेनिटाइजेसन काठमाडौँ महानगरपालिकाले राख्ने भएको छ तर कहिलेदेखि गाडी सञ्चालन गर्ने भन्ने सवालमा आफूहरूले मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने उपाध्यक्ष स्वाँरको भनाइ रहेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!