हिपमत डटकम
बिराटनगर,पौष २३ : संसारमा क्यान्सरको प्रकोप बढेको छ । जुन हिसाबमा संसारमा क्यान्सरको प्रकोप बढेको छ, त्यसरी नै नेपालमा पनि यसका रोगी निकै थपिन थालेका नेपाल क्यान्सर हस्पिटलका डा. सुदिप श्रेष्ठ बताउँछन् । प्रायः सबै किसिमका क्यान्सरको उपचार नेपालभित्रै गरिन थालिएको छ ।

धेरै वर्ष पहिले नेपालमा क्यान्सरको उपचारको सम्भव थिएन, तर अहिलेको अवस्थामा आउँदा नेपालमा सबै किसिमका क्यान्सरको उपचार गर्न सम्भव छ । क्यान्सर रोग भन्ने बित्तिकै रोग लागेपछि मर्ने नै हो भन्ने आम मानिसको गलत धारणा छ । क्यान्सरको सबै खाले उपचार नेपालमा सम्भव छ, तर गाउँ गाउँमा जनचेतनाको कमी हुँदा क्यान्सरको उपचारका लागि जान नमान्ने र यो रोग सरुवा रोग भन्ने पनि गलत धारणा समाजमा रहँदा चुनौती भने कायमै छ । कतिपय स्थानमा क्यान्सर थाहा भएमा गाउँ निकाला गर्छन् भनेर त्रासले रोग लुकाएर बसेका उदाहरण थुप्रै छन्। नेपाली समाजमा एकले अर्कोलाई सुझाव दिने प्रवृत्तिले जरो गाडेको छ । धेरैजसो बिरामीले नेपालमा उपचार गर्न चाहँदा चाहँदै पनि बिरामीका दाजुभाइ इष्टमित्र, साथीभाइले नेपालमा क्यान्सरको उपचार राम्रो छैन भन्दै विदेश जान सुझावसमेत दिने गरेका छन् ।

तर, नेपालमा सबै किसिमको क्यान्सरका सफल उपचार हुन्छ भन्ने जनचेतना जगाउनु पनि उत्तिकै आवश्यक छ । कतिपय बिरामी विदेशमा सम्पूर्ण उपचार सकिएपछि अन्तिम स्टेजमा नेपालमा उपचारका लागि आउने गरेको देखिन्छ । यसो गर्दा बिरामीको उपचारमा सास्ती त हुन्छ नै विरामीका आफन्तले लाखौं विदेशमा सकिसकेका हुन्छन् । खानबस्न जस्ता बिरामीका कुरुवालाई लाग्ने लाखौं रकमले नेपालमा बिरामीकै उपचार गर्न ठूलो सहयोग पुग्छ । नेपालमा क्यान्सरको उपचार महंगो हो ? क्यान्सरको उपचार महंगो हो, तर नेपालमा महंगो भन्ने चाहिँ होइन । यो हँुदा हँुदै पनि नेपालले सम्पूर्ण औषधि, टेक्नोलोजी, म्यानपावर बाहिरबाट ल्याउनुपर्छ । यति गर्दागर्दै पनि नेपालमा उपचार सस्तो छ । विदेशमा सस्तो भन्नुको कारण भने इन्सुरेन्स पोलेसी छ । विदेशमा सरकारले रोगीलाई अनुदान दिने गरेको छ ।

कतिपय देशमा उपचार फ्रि पनि गरेको छ । अब क्यान्सरको क्षेत्रमा सरकारले के गर्ने ? आर्थिक मुद्रा अन्य देशमा जान नदिनका लागि सरकार र विरामी तथा चिकित्सकहरुको प्रयास हुनु जरुरी छ । सरकारले जनतालाई क्यान्सर भनेको निको हुने रोग हो, यसबाट बच्न र रोकथाम गर्न सकिन्छ भन्ने जनचेतना जगाउनुपर्ने देखिन्छ । क्यान्सरको शुरुवाती अवस्थामा थाहा भएमा उपचार सम्भव हुने र यसको उपचार नेपालमै हुन्छ भन्ने जानकारी गराउँदै क्यान्सरको उपचार यी यी अस्पतालमा हुन्छ भन्नेबारे आममानिसलाई जानकारी गराउनु राज्यको पहिलो दायित्व देखिन्छ । अझै पनि कतिपय मानिसलाई क्यान्सरको उपचार हुन्छ भन्ने नै थाहा छैन । क्यान्सर रोग बढ्नुको कारण संसारभरि नै क्यान्सर रोग बढेको देखिन्छ । नेपालमा पनि विभिन्न किसिमका क्यान्सर रोगी बढिरहेका छन् ।

क्यान्सर बढ्नुको मुख्य कारण भनेको सुर्तिजन्य पदार्थको सेवन, मादक पदार्थको सेवन, खानपान जीवनशैली रहनसहन पनि हो । करिब २० प्रतिशत क्यान्सर गलत खानपानको कारण पनि हुन्छ । शहरीकरण, औद्योगीकरणबाट निस्कने केमीकल तथा दैनिक जीवनमा मानिसले प्रयोग गर्ने प्लास्टिकको कारण पनि क्यान्सर लाग्नुको कारण मध्ये एक हो । नेपालमा क्यान्सर रोग निको भएको उदाहरण थुप्रै छन् । तर, क्यान्सर रोग निको भएपछि अरुको अगाडि आएर बोल्न मान्दैनन् । क्यान्सर अस्पतालमा कस्ता इक्युप्मेन्टबाट उपचार हुन्छ ? अब सरकारले क्यान्सरको उपचारमा कस्तो पोलेसी ल्याउन जरुरी छ ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!