लकडाउनका कारण फिल्म नगरी पुरै ठप्प छ । फिल्म छायांकन तथा प्रदर्शन देखि प्रचारप्रसारको कार्यहरु यतिबेला भैरहेको छैन । तर, प्रदर्शनमा आइसकेका फिल्महरु यो बेला भटाभट युट्युबमा सार्बजनिक भैरहेको छ । यसै क्रममा डेढ वर्ष अघि हलमा प्रर्दशन भएर समग्रमा मिश्रित प्रतिक्रिया पाएको चलचित्र ‘चंगा चैट’ पनि युट्युबमा सार्वजनिक गरिएको छ ।

दीपेन्द्र के खनालको निर्देशन रहेको ‘चंगा चैट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहेको छ । माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेको फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । कमेडी जानराको भनिएको यो फिल्ममा ३ युवाको कथा देखाइएको फिल्म बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!