बुधबार, पौष २३, २०७६ || 1141  पटक पढिएको

हिपमत डटकम
विराटनगर,२३ भदौ : विराटनगर –४ का महेश कार्की कुकुर सँग औधि डरलाग्ने बताउनुहुन्छ । ‘हाम्रो टोलमा यति कुकुर छन कि विहानै र रातमा हिडनै मुस्किल हुन्छ ।’उहाँले भन्नुभयो‘विहान छ्याङ्ग उज्यालो भए पछि मात्र हिड छु, रात त घरबाटै निस्कदिन ।’ उहाँ त एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता धरै विराटनगर बासी भुस्याहा कुकुरको डरले घर देखि बाहिर निस्कदैनन ।
विराटनगर–८ निवासी अर्का स्थानीय प्रमोद सरदारको टोलमा पनि कुकुरको विगविगी उस्तै छ । ‘बाइक पछिपछि लघारे लडाउला जत्तिकै पार्छन ।’ उहाँले भन्नुभयो ‘विचारा, कुकुर सँग धेरै डराउने कोहि कोहि त रोकेर विस्तारै डो¥याउदै जान्छन् ।’
स्थानीय रमेश श्रेष्ठले ५ बर्षकी छोरिलाई विराटनगर बजार लिएर निस्कीनुभयो । सडकको छेउमा भाले कुकुर र पोथी कुकुरले यौन सम्पर्क गरेको दृष्य देखियो । उहाँ साईड लागेर हिड्नुभयो । त्यतीमात्र होईन भुस्याहा कुकुरहरु छाउरी कुकुर देख्ने बित्तीकै लाईन लागेर खेदाई रहेको बजारमा देख्न पाईन्छ ।
भुस्याहा कुकुरको विगविगी बढे पछि विराटनगरबासीले हैरानी खेप्नु परेको छ । दिउसै यौन सम्पर्क गरेर बिच बाटोमा उभिईरहने दृष्यले परिवारका सदस्यको पदैलयात्रा समेत लाजमर्दो बन्ने गरेको विराटनगर ७ का रमेश कोईरालाको भनाई छ । भएभरका कुकुर सडक जम्मा भएर सम्साझै झगडा गर्न,भुक्न थाले पछि कोलाहलको मच्चिने गरेको टोलबासिको विराटनगर ८ का राजाराम शर्माको भनाई छ ।
राती काम परेरको खण्डमा घरबाहिर निस्कन समेत मुस्किल हुनेगरको विराटनगरकी शर्मीला गौतमको भनाई छ । साझमा केटाकेटीलाई घरबाहिर निस्कदा टोकिदेला भन्ने तेतिकै डर हुने उहाँले गुनासो गर्नुभयो ।
महानगरमा कुकुर जता सुकै झगडा गरिरहेको,विरामी र घाइते देखिन्छन । कुकुरको बृद्धि नियन्त्रणमा महानगरले ध्यान नदिदा जतासुकै कुकुरै कुकुर भएका छन् । सामुदायीक कुकुर व्यवस्थापन नहुदा नगरबासिले सास्ति खेप्नु परेको छ । यात्रुहरु आतंकित छन् कति बले टोक्ला भन्ने डरले । साझ परेपछि त झन सडकमा हिडनै मुस्किल हुने गरेको यात्रिहरु गुनासो गर्छन ।
कुकुरको संख्या अत्याधिक भए पछि विराटनगरमा सवारी दुर्घटनाको सम्भावना बढाएको छ ।कुकुरको कारण मोटरसाइकल चालक सबैभन्दा बढी जोखिममा छन् । विराटनगर पोखरीयाका सिटी रिक्सा चालक आमोद कुर्मी कुदारहेको बेला खुट्टामै झम्टने गरेको बताउनु हुन्छ । विराटनगर महानगरपालीकाका भेटेनरी साखा प्रमुख हिरालाल यादवले कुकुर बन्ध्याकरण कार्यक्रम संञ्चालन गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, बन्धाकरणको कार्यक्रम प्रत्येक बर्ष चल्छ ।

कुकुर बन्ध्याकरण प्रभावकारी नहुदा समस्या ?

भुस्याहा कुकुरको बन्ध्याकरण कार्यक्रम प्रभावकारी नहुदा समस्या भएको बताईएको छ । महानगरपालिकाको पशुपक्षी शाखाले संञ्चालन गर्ने बन्धयाकरण प्रभावकारी नभएपछी कुकुर आतंक बढेको स्थानीय चन्दु धाडेवा बताउछन । २२ दशमलव ६ वर्गमिटर क्षेत्रफल रहेको महानगरमा २५ हजार कुकुर बस्नेगरेको तथ्यांक महानगरपालीकामा शाखा प्रमुख हिरालाल यादवले जानकारी दिनुभयो । डब्लु एच ओ को सहयोगमा महानगरपालीका,भेटेनरी अस्पताल,जिल्ला स्वस्थ्य,पशुसेवा कार्यालय लागयतका कार्यालयले सयुक्त रुपमा सन २००६ मा विराटनगरका सामुदायीक कुकुरको गणना गरिएको प्रमुख यादवको भनाई छ । त्यसबेला विराटनगरमा ८ हजार ५ सय कुकुर गणना गरिएको थियो । कुकुरको वार्षीक बृद्धिदर १७ दशमलव १ प्रतिसतले हुने प्रमुख यादवले बताउनुभयो । विराटनगर महानगरपालीकामा १९ नम्बर वडा नयाँ थपिएको हो । योसँगै महानगरमा सामुदायीक कुकुरको संख्या अझै थपिएको छ । यसरी बृद्धि भइरहेको कुकुरको नियन्त्रणमा महानगरपालीकाले रेविज भ्याक्सीन र बन्ध्याकरण गर्नेकाम त गर्दै आईरहेको छ तर त्यो प्रभावकारी हुन सकेको छैन ।
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली भन्नुहुन्छ, अझै प्रभाबकारी तरीकाले काम गछौ ,। यसअघि कुकुरको नियन्त्रण हत्या गरेर गरिन्थ्यो । कुकुरको हत्या कानुनले बन्देज लागएको छ । वि।स। २०७० मा कुकुर हत्या गर्न नपाइने भन्दै जिल्ला पशुसेवा कार्यलय मोरङले परिपत्र गरेको प्रमुख यादवको भनाई छ ।

भुस्याकुकुर खुल्ला दिसा मुक्त क्षेत्रको चुनौती ?

विराटनगर क्षेत्रका २५ हजार कुकुरले गरेको दिसा सँगै कसरी खुल्ला दिसा मुक्त हुन्छ रु त्यसमाथि नगर बासिले समेत आफुले पालेको कुकुर सडकमै ल्याएर दिसा पिासाब गराउ छन् । नगरवासिले खुल्ला दिशाम मुक्त अभियानको पालना गरे पनि सामुदायीक छाडा कुकुरलाई त्यसको पालना कसले गराउने रु महानगरको खुल्ला दिसा मुक्त अभियानकोलागी यो ठूलो चुनौति हो । स्वस्थ्यका दृष्टिले पनि कुकुरका दिसामा धेरै प्रकारकार जिवाणु र जुका हुनेगरेको स्थानीय अहेब पुष्पा चौधरीको भनाई छ ।
अहिले विराटनगरका सडकामा हिडने कुकुरमा रेविज विरुद्धको भ्याक्सिन लगाइएको छैन । कुन कुकुरलाई रेविज लागेको छ÷छैने छुट्याउन सकिदैन । सडकका कुकुरले टोकेमा रेविज संक्रमणको सम्भावना पनि उक्तिकै रहेको छ । रेविज रोगलागी भ्याक्सिन बाहेक अन्य विकल्प नभएको कोशिअञ्चल अस्पताल विराटनगरमा कार्यरत डा। रञ्जित सिंहको भनाई छ । उहाँ भन्नुहुन्छ, रेविज संक्रमण भएपछि उपचार असम्भव छ, । कोशि अञ्चल अस्पतालमा रेविज विरुद्धको भ्याक्सिन लागउन आनउनेको संख्या बाक्लै छ । अस्पतालमा कुकुरले टोकेका व्यक्तीहरु बर्षीक रुपमा एक सयको हाराहारीमा आउने गरेको डा। सिंहको भनाई छ ।
दु्रत गतीमा विकास भईरहेको विराटनगर महानगरको सुन्दरतालाई बढदो सामुदायीक९भुस्याहा० कुकुरले चुनौति दिएको छ । सडक निमार्णले मात्र नगर सुन्दार हुदैन यस्ता छाडा कुकुर र चौपाया पनि नियन्त्रण हुन उक्तिकै आवश्यक रहेको विराटनगरबासीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!