खबर ठुलो छ

परीक्षणका लागि पानी हालेको एक साता नबित्दै मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुटेको छ । सुरुङको गेट नम्बर १७ फुटेर पानी बाहिरिँदा गेट आसपास काम गरिरहेका एक इन्जिनियर र सवारीचालकलाई बगाएर बेपत्ता बनाएको छ ।

वीरगन्ज घर भएका इन्जिनियर सतिश गोइत र खानेपानी आयोजनाको बा.१झ ८७६४ नम्बरको गाडीचालक राधाकृष्ण थापालाई सुरुङ फुटेर फर्केको पानीले बगाएको हो । सुरुङबाट फर्केको पानीले आयोजनाको मुख्य साइटमा काम गर्ने अर्को इन्जिनियर शेखर खनाल र पेम्बा लामालाई घाइते बनाएको छ । उनीहरूको अवस्था गम्भीर रहेको र उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

खानेपानी आयोजनाको मुहान क्षेत्रबाट एक साताअघि पानी हालेर परीक्षण गरिएको हो । एक सातामा पानीको बहाब ग्याल्थुमसम्म (नौ किलोमिटर) भरिएको थियो । पानीको दबाब थेग्न नसकेपछि मुहान क्षेत्रभन्दा एक किलोमिटर पर रहेको गेट फुटेको स्थानीयको भनाइ छ । ‘सुन्दरीजल क्षेत्रसम्म पानी भरिएको भए ठूलो दुर्घटना हुन्थ्यो । त्योचाहिँ रोकिएको छ,’ अध्यक्ष शेर्पाले भने, ‘सुरुङ नै कमजोर भएकाले १७ नम्बर गेट आसपास ५० मिटर जति फुटेको छ । सुरुङबाट फर्केको पानीले पुऱ्याएको थप क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।

मंगलबार, आषाढ ३०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया