प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि त्यसबारे आलोचना सुरु भएको छ । ओली अभिव्यक्तिको नेपाल र भारत दुवै देशमा आलोचना भएको हो । भारतीय जनता पार्टीका प्रवक्ता विजय सोनकर शास्त्रीले त प्रधानमन्त्री ओलीको त्यो भनाईप्रति आपत्ति जनाउँदै धर्मसँग खेलवाड गर्न नदिने बताएका छन् । प्रवक्ता शास्त्रीसँग भारतीय पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई कुनै जनताले स्वीकार नगर्ने प्रतिकृया दिएका हुन् ।

भारतका वामपन्थीहरुले पनि जनतासँग खेलवाड गरेको भन्दै उनले नेपालका वामपन्थीहरुले पनि त्यस्तै गर्न खोजेको बताएका छन् । ‘यसखालको अभिव्यक्तिलाई स्वीकार गर्न सकिँदैन । भगवान राम सबैका लागि विश्वासका पात्र हुन्, जोसँग नेपालका प्रधानमन्त्री वा कसैले यो विश्वासमाथि खेलवाड गर्ने अधिकार छैन’, शास्त्रीले भनेका छन् ।

राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन् । प्रधानमन्त्रीको भनाइमा अयोध्या नेपालको ठोरीमा पर्दछ। अव माहाभारतको कुरु क्षेत्र पनि नेपालको झापाको तल्लो फाँटमा छ भन्ने तथ्य प्रधानमन्त्रीले घोषणा गर्ने हो कि ?’ कटाक्ष गर्दै लोहनीले भनेका छन्, ‘प्रधानमन्त्रीको अराजक र अनियन्त्रित अभिव्यक्तिहरुको मनोविज्ञान के हो ? वास्तवमा नेपालको परराष्ट्र सम्वन्धलाई धुँजा,धुँजा पारेर नेपाललाई संकटमा धकेल्ने काम किन भइरहेछ ? प्रधानमन्त्रीकै पार्टीका नेताहरु र सवै नेपालीले सोच्ने वेला आएको छ।’

यथार्थमा ओलीको वर्तमान अभिव्यक्ति अनियन्त्रित र अराजक रहेको भन्दैजनताको पिर र पीडामा भने कुनै आवस्ता नगरेको आरोप पनि लगाएका छन् ।

राप्रपाका अर्का अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त नभएको बताएका छन् । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रधानमन्त्री ओलीको ध्यान गए टिप्पणी गर्दै उनले नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो नभएको धारणा राखेका छन् ।

नेकपाकै नेता एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले समेत त्यसको विरोध गरेका छन् । उनले आफ्नो ट्वीटरमा लेखेका छन्,‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो ।’ उनले ‘फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय’, भनेका छन् ।
तर भाषाविज्ञ लोकमणी पौडेलले सक्कली अयोध्या नेपालमै हो भन्ने यो तथ्य आफूसँग रहेको बताएका छन् ।

विगत दुई वर्षदेखि जनसमक्ष आफूले यो तथ्य राख्दै आएको भन्दै उनले यो कुरालाई कतिले नबुझेर उडाएको धारणा राख्दै सिद्ध गर्ने प्रमाण आफूसँग रहेको दावी गरेका छन् । पौडेलले आफ्नो फेसबुकमा यसका केही तथ्यहरु राखेका पनि छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!