नेपालमा कोभिड–१९ बाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा कोरोनाभाइरसबाट मुक्त हुनेको सङ्ख्या पहिलोपटक बढेको छ । आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । नेपालमा कोभिड–१९(सार्स–कोभ–२) का कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ८०१ छन् । शनिबार ५०.५ प्रतिशत रहेको निको हुने दर आइतबार ५१.१ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोनाभाइरस सङ्क्रमण सक्रिय रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार १७४ रहेको जनाएको छ । यसरी पहिलो पटक सङ्क्रमण सक्रिय रहेको सङ्क्रमितभन्दा निको हुने बढेका छन् ।

असार तेस्रो साता दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पाँच सयभन्दा बढी भएको थियो । करिब एक सातासम्म पाँच सयभन्दा बढी नयाँ सङ्क्रमित थपिँदा प्रकोपको रुप लिई कोरोना सङ्क्रमण महामारीको रुप लिन सक्ने आकलन गरिएको थियो । तर असार १९ पछि दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्या घट्दो क्रममा छन् ।

नेपालमा विश्व परिदृश्य अनुसार सक्रिय सङ्क्रमित र निको हुने दर कम नै छ । सङ्क्रमित हुने सङ्ख्याको आधारमा नेपाल ६१ औँ सबैभन्दा प्रभावित राष्ट्र हो । विश्वभरि कुल सङक्रमित एक करोड २१ लाख ९० हजार १९६ छन् । करिब ४५ लाखमा सङ्क्रमण सक्रिय छन् । मन्त्रालयका अनुसार विश्वभरि हाल कोरोना सङक्रमण सक्रिय सङ्क्रमित सरदर ३७.३ प्रतिशत मात्रै छ । नेपालमा भने सङ्क्रमण सक्रिय रहेको सङ्क्रमित ४८.९ प्रतिशत छ । विश्वमा निको हुने दर करिब ५८ प्रतिशत छ । नेपालमा ५१.१ प्रतिशत छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार पहिलो साता नेपालमा सङ्क्रमण दर ११ प्रतिशत कायमे थियो । असार १९ गते उक्त दर १७ प्रतिशतसम्म पुग्यो । जुन अहिलेसम्मकै उच्च हो । हाल सङ्क्रमण दर २ प्रतिशतमा झरेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ९१६ जनाको नमुना परीक्षणको प्रतिवेदन आएकोमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जुन पछिल्लो दुई सातामा शनिबारको ७० जना सङ्क्रमितपछिको अहिलेसम्मकै सबैभन्दा कम हो ।

महामारी तथा रोग नियन्त्रण केन्द्र(इसीडीसी)का प्रमुख डा. वासुदेव पाण्डेका अनुसार निको हुने दर बढिरहँदा विश्वको तथ्याङ्क भेट्न एक साता लाग्छ । तर क्वारेन्टाइनमा रहेकाले उक्त दरलाई प्रभावित बनाउन सक्छन् । क्वारेन्टाइनमा हाल २३ हजार ७८४ जना छन् । जसको परीक्षण गरिएको छैन । क्वारेन्टाइनको रहेकाहरूको परीक्षण नतिजाले नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अझै बढन सक्ने डा. पाण्डे बताउनुहुन्छ ।
तर पछिल्ला दिनहरूका क्वारेन्टाइनमा बसेका सङ्क्रमितमा पनि सङ्क्रमण दर थोरै देखिएको छ । जसले नेपालका लागि कोरोनाको सङ्क्रमण दरले राहत दिएको छ ।

उपत्यकामा ३४७ सङ्क्रमित
गत जेठ महिनासम्म न्यून सङ्क्रमित फेला पर्ने काठमाडौँ उपत्यकामा पछिल्ला दिनहरूमा दैनिक रुपमा सङ्क्रमितकाे सङ्ख्या बढ्दो छ । जसमध्ये अधिकांश विदेश तथा बाहिरी जिल्लाबाट आएका छन् । तर सङ्क्रमितको सम्पर्कमा आएर सङ्क्रमण हुनेहरू पनि बढी छन् । मन्त्रालयका अनुसार काठमाडौँमा उपत्यकामा फेला पर्ने सङ्क्रमित अस्प्तालमा भर्ना भएका, विमानस्थल भएर आएका र केही कुनै यात्रा वृत्तान्त नरहेका पनि छन् ।

तर उपत्यकामा सङक्रमण दर बाहिरको तुलनामा थोरै पाइएको छ । काठमाडौँ उपत्यकामा सङक्रमण दर शून्य दशमलब पाँच प्रतिशत छ । बाहिर छ प्रतिशत रहेको छ । उपत्यकाबाहिर महिला सङ्क्रमित करिब दश प्रतिशतको हाराहारीमा रही घटबढ हुँदैआएको छ । तर काठमाडौँ उपत्यकामा सङ्क्रमितमध्ये ४० प्रतिशत महिला छन् । डा. पाण्डेले यसबारे थप अध्ययन भइरहेको बताउनुहुन्छ ।

डा. पाण्डेले अनुसार २५ गतेपछि काठमाडौँ उपत्यकाको १२ स्थानबाट तीन हजार नमूना सङ्कलन गरिएको छ । मन्त्रालयले काठमाडौँ उपत्यकामा तत्काल पाँच हजार नमूना लिने लक्ष्य राखेको छ ।

हाल उपत्यकामा विभिन्न सङ्क्रमण फैलनसक्ने सम्भावित १० स्थानबाट तीन हजार जनाका स्वाब सङ्कलन गरिएकोमा एक हजार ६२१ जनाको परीक्षणको नतिजा आएको छ । जसमध्ये तीन जनामा सङक्रमणको पुष्टि भएको छ । जुन ०.१८ प्रतिशत हो । जोखिममा रहेका समुदायबाट उक्त नमूना सङ्कलन गरिएको छ । बैङ्क, वित्तीय संस्थान, बजार–पसल, स्वास्थ्यकर्मी र घना बस्तीबाट नमूना सङ्कलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!